
३ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशले भोलि (मंगलबार) दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने भएको हो ।
प्रदेश सरकारको गत फागुन २९ गतेको निर्णय अनुसार यी दुई जिल्लाका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4