Comments Add Comment

संकटको बेला कृत्रिम अभाव र कालाबजारी रोक : मानव अधिकार आयोग

३ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको त्रासको समयमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्यधिक मूल्य असुली नगर्न ब्यवसायीलाई आग्रह गरेको छ ।

त्रासको समयमा हुने कृत्रिम अभाव, कालाबजारी, अत्यधिक मूल्य असुली, गुणस्तरहीन वस्तुको बिक्री नगर्न र नगराउन व्यवसायीलाई आग्रह गरेको छ भने प्रभावकारी अनुगमन गर्न सरकारलाई आग्रह गरेको छ ।

अभावको समयमा उपभोक्ता अधिकार हनन हुने गरेको भन्दै आयोगले आफ्ना अधिकारप्रति सचेत र सजग रहन पनि उपभोक्तालाई आग्रह गरेको छ ।

सन्त्रास र संकटको मौका छोपी आम उपभोक्ताको दैनिक जीवनमा गम्भीर असर पर्ने गरी उपभोग्य वस्तु, औषधी र खाना पकाउने ग्यासको कृत्रिम अभाव भएकोप्रति ध्यानाकर्षण भएको आयोगले बताएको छ ।

सचिव वेद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा कोरोना संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment