+
+
Shares

कोरोनाबारे पूर्वतयारी कम भयो : डा. रमेश आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १८:११

३ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९)बारे समयमै सतर्कता अपनाउन नसके कुनै पनि दिन दुर्घटना हुन सक्ने डा. रमेश आचार्यले बताएका छन् । कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट फर्किएका डा. आचार्यले हल्ला बढी भएपनि नेपालमा पूर्वतयारी कम भएको बताए ।

यूरोपले पूर्वतयारीमा लापरबाही गर्दा अहिले महामारीको सामना गर्नु परेको बताउँदै उनले त्यो अवस्था नेपालमा पनि नआउला भन्न नसकिने बताए ।

सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘चीनले कोरोना भाइरससँग लडिरहेको बेला यूरोपका केही देशहरु पूर्वतयारीमा लाग्न छाडेर मिडियाले फैलाएको अफवाहमा रमाए । त्यसैको परिणाम अहिले भोग्नु परिरहेको छ । हामीले पनि अहिलेबाटै तयारीमा लागेनौं भने कुनै बेला पनि दुर्घटना हुन सक्छ ।’ उनले कोरोना भाइरसबाट आतंकित हुनुभन्दा सतर्कता अपनाउनु पर्ने बताए ।

डा. आचार्यले केही दिन पहिले मात्र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर १२ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?