Comments Add Comment

वर्षा भन्छिन्–‘बिहे अगाडि एक अर्कालाई वुझेको राम्रो’

यो बर्ष चलचित्र क्षेत्रमा नाम चलेका नायिकाहरुले बिहे गरे । ऋचा शर्मा, प्रियंका कार्कीदेखि आँचल शर्माले जीवनको नयाँ आयाम सुरु गरेका छन् । यी सबै नायिकाहरुको प्रेम बिबाह हो ।

सबै नायिकाहरुको बिहेमा सहभागी भएकी नायिका वर्षा सिवाकोटी आफू भने कस्तो बिहे चाहन्छिन् त ? तपाइलाई प्रेम बिबाह मनपर्छ कि मागी बिबाह, पत्रकारको यो प्रश्नमा वर्षाले भनिन्–‘यस्तै प्रकारको बिहे होस् भन्ने चाहना त मलाई छैन । तर, बिहे अगाडि एकले अर्कालाई वुझेको राम्रो हुन्छ । मागी बिबाह भएपनि केही समय लिएर, प्रेममा रहेर गर्दा राम्रो हुन्छ ।’

यसो गर्दा केटा र केटीले एक अर्कालाई वुझ्न सक्ने वर्षाको तर्क छ । नायिका वर्षा सिवाकोटीले आफ्नो अझै बिहे गर्ने समय नभएको बताउँदै आएकी छिन् । उनले करिब ५ बर्षपछि मात्र आफ्नो बिहे योजना रहेको सुनाइन् ।

उसो त, पछिल्लो समय उनी अमेरिकामा रहेका एक यूवाको प्रेममा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment