Comments Add Comment

कालीगण्डकीमा मधुमेह, उच्च रक्तचाप र पाठेघरका बिरामी बढी

४ चैत, स्याङजा । कालीगण्डकी गाउँपालिका–१ चण्डीभन्ज्याङमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँ सेवा परिवार वीरघा स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरमा ४२६ जनाले बिरामीले लाभ लिएको गाउँ सेवा परिवारकी उपाध्यक्ष नम्रता पाण्डेले बताइन् ।

शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, युरोलोजी, प्रसुति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, छाला, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरु दिइएको थियो । शिविरमा भिडियो एक्सरे सेवा, सुगर तथा पिसाव जाँचको व्यवस्थासमेत गरिएको थियो ।

शिविरका लागि १९ जना चिकित्सक र नर्स, प्यारामेडिक्स तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका २१ जना गरी जम्मा ४० जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

परीक्षणका क्रममा गाउँमा मधुमेह, उच्च रक्तचापका साथै पाठेघर खसेका बिरामीहरुको संख्या धेरै देखिएको पाण्डेले बताइन् । त्यस्तै मुख तथा दन्त स्वास्थ्य सम्बन्धी समस्या भएका, छालारोग सम्बन्धी समस्या भएका बिरामीको संख्या पनि धेरै थियो ।

सोही कार्यक्रमको अवसर पारेर गाउँ सेवा परिवार वीरघाले आफ्नो पहलमा भारतीय दूतावासबाट प्राप्त एम्बुलेन्स वीरघा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, वीरघा स्वास्थ्य चौकीका अध्यक्ष चक्रपाणि पाण्डे र स्वास्थ्यचौकी प्रमुख एकबहादुर थापालाई गाउँ सेवा परिवारले एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment