Comments Add Comment

कोरियन एयरको काठमाडौं उडान अब सोमबारमात्र

४ चैत, काठमाडौं । कोरियन एयरले काठमाडौं उडानमा व्यापक कटौती गरेको छ । साताको चार उडान गर्दै आएको कम्पनीले अब साताको एक उडान मात्र गर्ने भएको छ ।
सोमबारदेखि लागू हुने गरी मार्च महिनाभर कोरियन एयरले उडान कटौती गरेको हो । यसबीचमा सोमबार हुने उडान बाहेक कूल ६ वटा उडान रद्द भएका हुन् ।

कम्पनीका अनुसार कोरोना भाइरसविरुद्ध नेपाल सरकारले ल्याएको नीतिलाई सहयोग गर्न र अन्यन्तै कम बुकिङ रेटका कारण उडान रद्द गर्नु परेको कम्पनीले उल्लेख गरेको छ ।

यसबीचमा टिकट काटिसकेका यात्रुले बीना कुनै जरिवाना टिकट रद्द वा उडान मिति सार्न सक्ने भएका छन् । सातामा एक उडान भने नेपाली यात्रुको सुविधाका लागि निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले सोमबार, मंगलबार, शुक्रबार र शनिबार उडान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment