Comments Add Comment

पर्सा र बारामा सञ्चालित ७ वटा अवैध मदिरा भट्टी नष्ट

४ चैत, वीरगञ्ज । प्रहरीले पर्सा र बाराका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित ७ वटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा सञ्चालित ३ वटा र बारा जिल्लाका ४ वटा गरी ७ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान वीरगञ्जका विभिन्न ३ स्थानमा सञ्चालित मदिरा भट्टीबाट ८ सय ५ लिटर तयारी मदिरा, मदिरा बनाउने ५ हजार ६ सय ५० लिटर कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग गरिने भाडा वर्तन नियन्त्रणमा लिएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय कोल्हवी, प्रहरी चौकी पथलैया, अस्थायी प्रहरी पोष्ट डुमरबानाको टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिकाको विभिन्न स्थानमा पुगी अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो । मंगलबार मात्रै ४ ओटा अवैध मदिरा भट्टीबाट कच्चा पदार्थ २ हजार लिटर र तयारी मदिरा २०० लिटर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

बाराबाट प्रहरीले तयारी घरेलु मदिरा ५ सय लिटर समेत बरामद गरेको छ । जितपुर सिमरा उपमानगरपालिका– २१ बाट मदिरा बरामद गरिएको हो । बिक्रीको लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले ५ सय लिटर तयारी मदिरा प्रहरीले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment