Comments Add Comment

केश रंग्याउनुअघि ध्यान दिनु पर्ने कुराहरु

केशलाई आकर्षक बनाउनका लागि युवापुस्तामा केशलाई रंगीन बनाउने अर्थात कलर गर्ने चलने छ । बजारमा एस ग्रे, वाइन ब्लू, पिङ्क, हनी ब्लोन्ड आदि विभिन्न प्रकारका हेयर कलरहरु चल्तीमा छन् ।  यद्यपि, तपाईंले पनि आफ्नो केशलाई कलर गर्ने बारेमा सोच्नु भएको छ भने त्यसो गर्नुभन्दा अघि केही विशेष कुराहरुमा ध्यान दिनु अनिवार्य छ ।

-सबैभन्दा पहिला तपाईंले आफ्नो व्यक्तित्व तथा छालाको रंगको बारेमा सोच्नु पर्छ । यी दुबै विषयहरु तपाईंका अति नै व्यक्तिगत विषयहरु हुन् । त्यसैले तपाईंले आफ्नो केशका लागि आफ्नो व्यक्तित्व तथा छाला अनुसारकै रंग (कलर) छनोट गर्नु उपयुक्त हुन्छ ।

-केशमा कलर लगाउनुभन्दा अघि आफ्नो केशलाई कुन स्टाइलमा काट्ने भन्ने कुराको निर्णय गर्नु पर्छ ।

-केशमा कलर गर्दा केशलाई हानी नपुर्‍याउने अथवा केशलाई क्षति हुनबाट रोक्ने रंग प्रयोग गर्नु पर्छ । त्यसलाई एमोनिया फ्रि कलर पनि भनिन्छ । यसको प्रयोगले केशमा कममात्रामा क्षति पुग्छ । एमोनियाका कारण केश फुल्ने, झर्ने तथा त्यसका अन्य साइड इफेक्टहरु समेत हुन्छन् ।

-यदि तपाईंले आफ्नो केश रंग्याउने निर्णय गरिसक्नु भएको छ भने कम्तिमा एक महिना अघिदेखि आफ्नो केशमा कुनै प्रकारको मेहन्दी तथा अन्य गुणस्तरहीन रंगहरु प्रयोग गर्नु हुँदैन । मेहन्दी अथवा अन्य रंग लगाइएको छ भने तपाईंले अहिले लगाउन लाग्नु भएको कलर केशमा राम्ररी बस्दैन ।

-आफ्नो केशमा कलर गर्नु भन्दा ठिक एक दिनअघि केशमा तेल-मसाज गर्नु पर्छ । त्यसो गर्दा केश बलियो हुनुका साथै नरम समेत हुन्छ । केशमा तेल प्रयोग गरेपछि  ब्लिचिङबाट हुने क्षति पनि कम हुन्छ ।

-केशमा कलर गरिसकेपछि केशको विशेष स्याहार गर्नुपर्छ । कलर छिटो जान नदिन तथा ब्लिचिङका कारण हुने क्षति कम गर्न केशको हेरचाह आवश्यक हुन्छ ।

-केशमा रंग लगाएको कम्तिमा ४८ घन्टासम्म स्याम्पु प्रयोग गर्नु हुँदैन । त्यतिबेला केशका रेसाहरूको क्युटिकल्स खुलेका हुन्छन्, जसले केशमा लगाइएको रंगलाई सोस्ने काम गर्छ । केशमा लगाइएको रंग राम्ररी बस्न दिन कम्तिमा तीन दिनसम्म स्याम्पु गर्नु हुँदैन ।

-सल्फेडले केशको जरालाई सुख्खा बनाउँछ र केश झर्ने समस्या सिर्जना हुन सक्छ । त्यसैले सल्फेड फ्रि स्याम्पु प्रयोग गर्नु पर्छ । त्यसले केशमा लगाइएको रंग उड्न नदिई लामो समयसम्म टिकाइ राख्छ ।

-केशमा तेल लगाउँदा रंगमा खासै नकारात्मक प्रभाव पर्दैन, तर तेल लगाएपछि बढी स्याम्पु प्रयोग गर्नुपर्छ । त्यसले केशमा लगाइएको रंग छिट्टै उड्ने सम्भावना हुन्छ । त्यसैले दुई हप्तामा एकपटक, त्यो पनि जरामा मात्र तेल लगाउँदा राम्रो हुन्छ ।

-सल्फेड भएको स्याम्पुले केश धुनुपर्छ । त्यसपछि सल्फेड फ्रि स्याम्पु लगाएर केश पखाल्नुपर्छ । यसले केशमा लगाइएको कलर जाँदैन र केश पनि झर्दैैन । तेलको चिपचिप पनि सजिलै जान्छ ।

-यदि तपाईंको केश तैलिय छ अर्थात तेल आउने प्रकृतिको छ भने दुई-तीन दिनको फरकमा केश धोइएन भने केश च्यापच्याप हुनुका साथै फोहोरसमेत देखिन्छ । त्यसका लागि सम्भव भएसम्म ड्राइ स्याम्पु प्रयोग गर्नुपर्छ अथवा बेबी पाउडर केशको जरामा लगाउँदा पनि केशको तेल नियन्त्रणमा आउँछ  । यसो गरियो भने तपाईं हरेक दिन केश धुने समस्याबाट जोगिनु हुनेछ ।

-केशको रंग छिटो जान नदिनका लागि आइरन, ड्रायर, रड, आइरनजस्ता विद्युतीय सामग्रीहरुको प्रयोग कम गर्नु पर्छ । यदि प्रयोग गर्नु नै छ भने हिट प्रोटेक्टर प्रयोग गर्नुपर्छ । हिट प्रयोग गरेपछि केशमा हेयर सेरम प्रयोग गर्नुपर्छ ।

-रंग लगाइएको केशमा सकेसम्म प्रत्येक हप्ता हेयर प्याक लगाउनुपर्छ । हेयर प्याकका लागि एभोकाडो, मह तथा नरीवलको तेलको मिश्रण प्रयोग गर्नुपर्छ । त्यसलाई केशमा दुई घन्टासम्म राखेर पखाल्नुपर्छ । उक्त  प्याकले केशलाई पोषण दिनुका साथै केशमा लगाइएको रंगलाई समेत लामो समय टिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment