Comments Add Comment

कोरोना भाइरसले धराशायी बन्दै विश्वका महँगा शहरहरु

काठमाडौं । हङकङ, सिंगापुर र ओसाका बस्नको लागि विश्वको सबैभन्दा महँगा शहर हुन् । तर यो क्रम कोरोना भाइरस कोभिड–१९ सकिएपछि भने कायम नरहनसक्ने देखिएको छ ।

किनकी महँगा शहरले आफ्नो धेरैजसो आम्दानी पर्यटनबाट गर्ने गरेका छन् । कोभिड–१९ का कारण अर्थतन्त्रमा ठूलो गिरावट आएको छ र महँगा शहरलाई केही सस्तो बनाउनेछ ।

विश्वमा बाँच्नका लागि लाग्ने खर्चबारे विवरण राख्ने इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआरयू)ले कोभिड–१९ को नकारात्मक असर महँगा शहरहरुमा देखिनसक्ने बताएको छ ।

यसअघि ईआईयूले सन् २०२० को लागि सन् २०१९ को नोभेम्बरमा कोरोना भाइरस आउनुअघि विश्वभर सर्वेक्षण गरेको थियो ।

तर अबको उसको सर्वेक्षण निकै फरक हुनेछ । शहरको अर्थतन्त्र कमजोर बनेसँगै मूल्य घटाउनमा पनि दबाव बढ्ने र यसले हङकङ तथा सिंगापुर पुनः सबैभन्दा महंगो शहरको रुपमा अगाडि आउन गाह्रो हुने ईआईयूका प्रमुख अर्थशास्त्री सिमोन बाप्टिस्टले बताएका छन् ।

कोरोना भाइरसका कारण अहिले विश्वकै अर्थतन्त्र प्रभावित बनेको छ । त्यसमा पनि भ्रमण तथा पर्यटन उद्योग सबैभन्दा मारमा परेका छन् । हङकङ र सिंगापुरमा राजश्वमा उल्लेख्य कमी आएको छ । विशेषगरी मनोरञ्जनका गतिविधि, रेष्टुरेन्ट लगायतका क्षेत्रको माग ह्वात्तै घटेको छ । मागमा आएको कमीसँगै मूल्यमा पनि कमी आएको छ । यसले त्यहाँका बासिन्दालाई दैनिक जीवनको खर्च पनि घटाएको छ ।

ईआईयूको प्रतिवेदन अनुसार ओसाका फ्रान्सको पेरिसलाई उछिन्दै विश्वको सबैभन्दा महँगा सहरको शीर्ष तीनमा अटाएको थियो । कार, विद्युतीय सामग्री लगायतको उत्पादनका कारण ओसाकाले पेरिसलाई उछिनेको थियो । तर अहिले यस्ता सामग्रीको चीन आपूर्तिमा देखिएको समस्यासँगै ओसाका शहरको आम्दानीमा पनि असर परेको छ ।

यसअघि जनवरी र फेब्रुअरीमा चिनियाँ कारखाना बन्द थिए । तर अहिले उनीहरुले बिस्तारै कारखानाको काम सञ्चालन गर्न थालेका छन् । यसले चीनमा उनीहरुको मौज्दात बढ्नेछ र कार लगायतका उत्पादनहरु सस्तिनेछन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment