Comments Add Comment

नारायणी अस्पतालमा डाक्टरसहित ५८ जना कर्मचारी माग

५ चैत, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले २७ पदका लागि ५८ जना कर्मचारी माग गरेको छ ।

अस्पतालले फिजिसियन, रेडियोलोजिष्ट, साइक्याट्रिष्ट, प्याथोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्सलगायत २७ पदमा ५८ कर्मचारी माग गर्दै बुधबार सूचना जारी गरेको छ ।

सबैभन्दा धेरै स्टाफ नर्स १८ जना, मेडिकल अधिकृत ८ जना, अनमी ४ जना माग गरिएको छ । टर्सरी अस्पतालमा स्तरोन्नतीे भए पनि जनशक्ति र सेवा सुविधा थप भएको थिएन ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७६ बमोजिम कर्मचारी भर्ना आह्वान गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायले बताए ।

‘अस्पतालमा आवश्यकताअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या थियो, त्यसैले रिक्त रहेका पदमा भर्ना आह्वान गरिएको हो’ उनले भने ।

यसअघि अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको सिफारिसमा नै कर्मचारी नियुक्त गर्ने गरिएको थियो ।

कर्मचारी आवश्यकताको सूचना जारी गरी भर्ना लिँदा विवाद हुने गरेको छ । डा.चितरञ्जन साह मेडिकल सुपरिटेण्डेण्ट भएको समयमा नर्सिङका लागि गरिएको विज्ञापन विवादका कारण स्थगित हुन पुगेको थियो ।

अस्पतालमा राजनीति हावी भएकोले मेसुहरुले राजनीतिक दलको आडमा विज्ञापन नै नगरी करारमा कर्मचारी राख्ने गरेको कतिपयको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment