
राज्यव्यवस्था समितिको बैठक / अनलाइनखबर फाइल
६ चैत, काठमाडौं । २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।
तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइएको थियो । करिब ४५ मिनेट बैठक बस्यो पनि ।
त्यसपछि नेपाली कांग्रेस सांसद पुष्पा भुसाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने धारणा राखे ।
लगतै समितिको बैठक स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4