News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई काम कारवाहीबारे छलफलका लागि बोलाएको छ।
- समितिको बैठक आगामी बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्नेछ।
- गत असार २५ गते प्रतिनिधि सभामा अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ पेस गरिएको थियो।
२ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाएको छ ।
समिति सचिवालयका अनुसार आगामी बिहीबार बिहान ११ बजेका लागि बैठक राखिएको छ ।
बैठक समितिको सभाकक्षस्थित सिंहदरबारमा बस्नेछ ।
गत असार २५ गते प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको थियो ।
त्यसदिन सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ पेस गरेकी थिइन् ।
अख्तियारको प्रतिवेदनले औंल्याएका विषय र आयोगकै काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4