+
+
Shares

सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १६:१३
फाइल तस्वीर

६ चैत, काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउनु पर्ने भन्दै सबै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

विश्वव्यापी रुपमा संक्रमण फैलिहाले भयाभह अवस्था आउन नदिन सरकारलाई सतर्कता अपनाउनका लागि यस्तो निर्देशन दिइएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

यस्तै समितिले सरकारलाई कोरोना संक्रमणको परीक्षणमा संलग्न चिकित्सकहरुको सुरक्षामा समेत ध्यान दिन निर्देश्ा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?