Comments Add Comment

प्रतिनिधिसभा बैठक चैत १३ गतेसम्म सर्‍यो

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक ।

६ चैत, काठमाडौं । भोलि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत १३ सम्मका लागि सरेको छ ।

बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भोलिका तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको हो । कोरोना संक्रमणको त्रासका कारण शुक्रबार तय भएको बैठक सारिएको हो ।

यस्तै, शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित हुने वा नहुनेबारे औपचारिक निर्णय भएको छैन । यसको निर्णय भोलिमात्र हुनेछ छ।

तर, संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार भोलि राष्ट्रिय सभाको बैठक बस्ने वा नबस्ने बारे सरकारको निर्णयमा भर पर्छ ।

‘सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेमा राष्ट्रपतिबाट आउने पत्र बाचनका लागि भोलिको बैठक बस्छ । राष्ट्रपतिबाट पत्र नआएको खण्डमा सूचना टाँसेर भोलिको बैठक स्थगित हुने संभावना रहेको उनले अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment