Comments Add Comment

हिरासतमा भीड कम गर्न महान्यायाधिक्ताको निर्देशन

६ चैत,काठमाडौं । जघन्य र गम्भीर प्रकृतिका अपराधबाहेकका अन्य घटनामा संलग्न भनि आरोपित व्यक्तिहरुलाई सकेसम्म हिरासतमा नराखी कारवाही प्रक्रिया अघि बढाउन सरकारी वकिल र प्रहरीलाई निर्देशन दिइएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले कसुरको गम्भीरता,संवेदनशीलता र आरोपको प्रकृतिलाई समेत विचार गरी अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो ।

पक्राउ नै नगरी कारवाही गर्ने वा हाजिरी जमानी, तारेख र धरौटी लिएर छाड्ने मिल्ने खालका कसुर भएमा त्यस्ता कसुरमा शंकित व्यक्तिलाई हिरासतमा नराखी सोही सोही बमोजिम कारवाही गर्न निर्देशन दिइएका महान्यायाधिवक्ता खरेलले बताए ।

खरेलले अनलाइनखबरसँग भने–कोरोनाको संक्रमण भित्रिन नदिन सिंगो मुलुक लडाइमा रहेका बेला हिरासतहरुमा पनि भिडभाड नगराउँ र धेरै भन्दा धेरै मान्छेलाई हिरासतमा राख्ने कोशिस नगरौं भनेर फौजदारी अपराध संहिता अनुसारनै अत्यावश्यक व्यक्तिलाई मात्र पक्राउ गरेर हिरासतमा राखौं भनिएको हो ।

कारागारमा रहेका कैदीहरुको हकमा भने कसैलाई पनि छाड्न नभनिएको र त्यसो गर्न नमिल्ने उनले बताए । तर कतिपय सामान्य प्रकृतिका अपराध र हुलदंगा तथा अभद्र व्यवहार जस्ता घटनामा शंकित व्यक्तिलाई धरौटी लिएर, साधारण तारेख वा हाजिरी जमानीमा छाडेर पनि कारवाही गर्न सकिने खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment