 
																			‘कमेडी च्याम्पियन’ सकिएसँगै यसको निर्माणपक्ष नयाँ शोको तयारीमा छ । यो शोको होस्ट नायिका तथा मोडल रीमा विश्वकर्माले गरेकी थिइन् । शोको होस्ट गर्दा नेपाल बाहिर निस्कन नपाएकी रीमा यतिबेला भने माल्दिभ्स पुगेकी छिन् । चलचित्र ‘हिजो आजका कुरा’को छायांकन सकेकी रीमाले शोको होस्ट भएर राम्रै चर्चा पाइन् ।
सायद, यही थकान भुलाउनका लागि उनी माल्दिभ्समा रमाउन पुगेको हुनुपर्छ । उसो त, सरकारले अहिले अत्यावश्यक काम बाहेक विदेश नजान नागरिकलाई आग्रह गर्दै आएको छ ।
सामाजिक संजालमा कतिपयले रीमालाई यस्तो अवस्थामा विदेश किन गएको भन्दै प्रश्न पनि गरेका छन् । तर, रीमाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनी स्विमिङ पूलमा रमाइरहेकी छिन् । माल्दिभ्स बलिउड सेलिब्रिटीका लागि सबैभन्दा मनपर्ने गन्तव्य हो ।
अब, विस्तारै नेपाली कलाकारका लागि पनि यो देश आकर्षणको केन्द्रमा पर्न थालेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4