+
+
Shares

आवश्यक परे ‘लकडाउन’ गर्न मोडालिटी बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते ७:११

७ चैत, काठमाडौं । केही समयदेखि कोरोनाकै वरिपरि घुमेका पत्रिकाहरू आज पनि यही विषयमा केन्द्रित छन् ।

‘आवश्यक परे लकडाउन गर्न मोडालिटी बनाइँदै’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे लकडाउन समेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीमा गृहकार्य गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ–संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म सेल्फ क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने आकलन गर्दै गृह मन्त्रालयले यस्तो गृहकार्य गरेको हो । त्यसअनुसार संक्रमित भेटिए आवश्यकताअनुसार सम्बन्धित सहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने खाका बनाउन लागिएको हो ।’

भारतमा आइतबारदेखि कर्फ्यू लगाउने निर्णय भएकोदेखि चितवनमा ७२ घण्टामै ५० शय्याको अस्पताल तयार भएकोसम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा छन् ।

अन्नपूर्णले कोरोनाको सम्भावित संक्रमणसँग जुध्न सरकारले गरिरहेको तयारीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, काठमाडौं उपत्यकामा मात्रै हजार बढी आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ ।

‘सायद हामी चुक्दै छौं’ शीर्षकमा नयाँ पत्रिकाले कोरोनासँग जुध्न भइरहेका तयारीमाथि चिरफार गरेको छ ।

नयाँ पत्रिका लेख्छ– चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्दा हाम्रोमा एउटा पनि आईसीयू बेड थपिएको छैन । अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन । आएकालाई पनि निस्फिक्री घुम्ने छुट छ । योबीचमा इटलीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन् । तर मौका पाएर पनि हामी चुक्दै छौं ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?