Comments Add Comment

त्रासमा होइन अवसरको रुपमा प्रयोग गरौं फुर्सदिलो समय

विश्वभरी त्रासदीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन अनेक उपायहरु अपनाउँदै आइएको छ । सरकारले यही भाइरसबाट जोगिनको लागि स्कुल क्याम्पसहरु पूर्ण रुपमा बन्द गराएको छ । धेरै मान्छे एकैठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

जसको कारण बजार यतिबेला मौन छ । सामाजिक भेलाहरू नगण्य भएका छन् । यस अवस्थाको कारण, मानिससँग धेरै समय खाली भएको छ । केही समय मोबाइल खेल खेल्न र चलचित्रहरू हेरेरै बिताउन सकिन्छ । बाहिर जाने अवस्था छैन ।

यस्तो अवस्थामा दिन कसरी बित्छ ? यो एउटा अवसर पनि हो, जहाँ आफू र आफ्नो परिवारको हेरचाह गर्न सकिन्छ । उनीहरुसँगै समय दिन सकिन्छ । साथमा अरु पनि बाँकी काम पूरा गर्न सकिन्छ ।

सौन्दर्यको समय

सौन्दर्य सबैको लागि अत्यावश्यक मानिन्छ । चाहे महिलाहरु हुन् या पुरुषहरु नै सबैको लागि यो अत्यावश्यक हुन्छ । गर्मी मौसम बढ्दै छ । छाला सुख्खा हुने समस्या हुन्छ । त्यस्तो समयमा आफ्नो फुर्सदको लागि आफ्नो खाली समय बिताउन सकिन्छ । यसका लागि कोही घरेलु उपचारहरूको समेत खोजी गर्न सकिन्छ । जबकि कोही घरमै स्किनकेयरका सामानहरु ल्याउन सकिन्छ ।

शोख पूरा गर्ने समय

व्यस्त तालिकासँग संघर्ष गरिरहेका व्यक्तिहरू अब आफ्नो शोखको काम गर्नतिर लाग्न सक्छन् । शोख केवल घुमघाम र बाहिर जाने मात्रै नहुन सक्छ । घरमा नै आफूलाई मनलागेको खानेकुरा खाने, मन लागेको चलचित्र हेर्ने, पढ्न मनलागेको पुस्तक पढ्ने, पुराना तस्बिरहरुको साथमा रमाउने, आफ्ना पुराना साथीहरुसँग कुराकानी गर्न पनि सकिन्छ ।

सरसफाई

सरसफाई त नियमित हुने गर्छ । तर कतिपय ठाउँहरु हामीले कहिलेकाहीँ मात्रै सफा गर्नेगर्छाैं । मानिसहरू प्राय: घरको भित्ता वा गारोको पछिपट्टीको भाग सफा गर्दैनन् । ओछ्यानको मुनी जम्मा भएका धुलो र दराजको पछिपट्टी रहेको धुलोहरु हामीहरु सफा गर्दैनौं । त्यस्तै, केही मानिसहरू हिउँद सकिएसँगै जाडोमा लगाएका कपडाहरु नधोई राखेका हुनसक्छन् । यो फुर्सदको समयमा ती कपडाहरु समेत धुन सकिन्छ।

श्रीमान् र श्रीमतीले गुणस्तरीय समय पाउँदैछन्

घरबाट बिदा पाएका कारण श्रीमान् र श्रीमतीले पनि गुणस्तरीय समय बिताउनको लागि समय प्राप्त गर्ने गर्छन् । अहिलेको ब्यस्त जीवनमा दम्पतीहरूले सँगै समय बिताउन पाउनु सबैभन्दा कठिन विषय हो । त्यसैले यो बिदाको समय यसमा समेत उपयोग गर्न सकिन्छ । तिनीहरू घरमा धेरै समय सँगै बिताउन सक्षम हुन्छन् । यो समय उनीहरूको सम्बन्धमा निखारता ल्याउनको लागि समेत महत्वपूर्ण मान्ने गरिन्छ ।

पारिवारिक समय

काम गर्ने क्रममा सँगै बस्न र एक कप चिया पिउन नसक्ने परिवारहरू, अब बिहानको खाजाबाट बेलुकाको खानासम्म सँगै काम गर्न सक्छन् । त्यस्तै, केही व्यक्तिहरू यो समय उनीहरूका बाबुआमा र बच्चाहरूसँगको बन्धन बलियो बनाउनमा समेत समय खर्च गरिरहेका हुन्छन् ।

मनबाट भय त्यागौं

धेरै ठाउँका भिडियोहरू सोशल मिडियामा लगातार फोटाहरु आउने गर्छ कि जहाँ धेरै मानिसहरु एक अर्कासँग नजिकिएर अनेक किसिमले रमाइलो गरिरहेका छन् । उनीहरू फ्ल्याट वा घरमा बस्दा पनि व्यायाम गर्न संगीतको सहारा लिनसकिन्छ । यी दृश्यहरुले पनि कोरोनाका कारण भयको वातावरणमा सकारात्मक सन्देश दिने कार्यहरु समेत भइरहेको छ ।

घरलाई नै बनाऔं संगीतघर

संगीत मानिसको दुख भुलाउने उपाय हो । त्यसैले हामी घरलाई नै संगीत घर बनाऔं । घरमा नै आफूलाई मनपर्ने गीत गुनगुनाउन सकिन्छ । घरमा नै बाद्यवादनका सामग्रीहरु ल्याएर घरमै संगीतको अभ्यास गर्न सकिन्छ । यसरी फुर्सदिला दिनहरु कटाउन सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment