Comments Add Comment

टाइगर भन्छन्–‘मेरो भन्दा सलमानको ब्रासलेटको फ्यान धेरै छन्’

नायक टाइगर श्राफ अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । उनी अभिनित ‘वार, बाघी ३’ बक्स अफिसमा राम्रो चले । यसले, उनलाई बलिउडमा मसला फिल्मको हिरोको रुपमा नयाँ परिचय दिइरहेको छ । यतिमात्र होइन, अहिले बलिउडमा टाइगरको तुलना नायक सलमान खानसँग पनि हुन थालेको छ ।

तर, सलमानसँग भएको तुलनालाई लिएर टाइगर सन्तुष्ट भने छैनन् । टाइगर भन्छन्–‘सलमान खान बलिउडका शेर हुन् । यदि, सलमानको ब्रासलेटको इन्स्टाग्राम पेज बनाउने हो भने मेरो भन्दा बढी फ्यान ब्रासलेटको हुन्छ ।’

नायक ऋतिक रोशनसँग चलचित्र ‘वार’मा देखिएका टाइगर अब नायक सलमान खानसँग काम गर्न चाहन्छन् । चाडै नै, सलमानसँग सहकार्य हुने उनले बताएका छन् ।

टाइगर अहिले नयाँ चलचित्र ‘हिरोपन्थी’को तयारीमा छन् भने सलमान ‘राधे’को काममा व्यस्त छन् । यी दुई एकसाथ पर्दामा देखिए भने फ्यानको उत्साह अझै बढ्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment