+
+

सुनसान बन्दैछ काठमाडौं : मलदेखि असन बजारसम्म (फोटोफिचर)

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०७६ चैत ७ गते १५:४१

७ चैत, काठमाडौं । अधिकांश समय ग्राहकको बाक्लो चहलपहलल हुने काठमाडौंको व्यापारिक क्षेत्र र मलहरु कोरोनाको त्रासले सुनसान बन्न थालेका छन् । काठमाडौंका सपिङ सेन्टर, मलहरु, खुला बजारलगायतका क्षेत्रहरु सुनसान हुन थालेका हुन् ।

सिभिल मल, सिटी सेन्टर, असन, लबिम मल, छायाँ सेन्टर, विशाल बजार, केएल टावर, वर्ल्ड ट्रेड सेन्टर, बिजी मल, कान्तिपुर मल, आईप्लेक्स मललगायत ठूला सपिङ सेन्टर र मलहरु खाली देखिएका छन् ।

धेरैजसो मलहरुमा पसल त खुलेका छन्, तर किनमेल गर्ने ग्राहक छैनन् । खाद्यान्नबाहेकका अन्य पसलहरुमा ग्राहक निकै न्युन छन् ।

काठमाडौंका न्यूरोड, सुन्धारा, बानेश्वर, कोटेश्वर, चावाहिललगायतका सबै क्षेत्रहरुमा यतिबेला सर्वसाधारणको चाप देखिन छाडेको छ ।

सरकारले विद्यालय, विश्वविद्यालय, सिनेमा हललगायतका क्षेत्र बन्द गर्नुका साथै अत्यावश्यक बाहेक बाहिर ननिस्कनु भनेसँगै यतिबेला बजार सुनसान बन्न सुरु गरेको हो । काठमाडौं छाड्नेहरुको लर्को लाग्न थालेपछि झनै यस्ता क्षेत्रमा किनमेल गर्नेहरु घट्ने अनुमान छ ।

अन्य समयमा भीडका कारण पैदलयात्रीहरुलाई हिँड्न समस्या हुने असन, भोटाहिटी, महाबौद्धलगायतका व्यापारिक क्षेत्रमा पनि ग्राहकको संख्या न्युन बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?