काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस डिजेज (कोभिड १९)को प्रभाव अहिले सबैतिर छ । लगभग सबै खेल गतिविधि नै अहिले कोभिड १९ का कारण स्थगित छ ।
यसै वर्ष जापानमा टोकियो ओलम्पिक २०२० हुँदैछ । तर कोरोनाले गर्दा ओलम्पिक हुन्छ कि हुँदैन वा सर्छ भन्ने कौतुहलता धेरैमा छ । यसै अन्योलका बीच पनि ओलम्पिक टर्च भने जापान पुगेको छ । युरोपियन राष्ट्र ग्रीसबाट उक्त टर्च शुक्रबार जापान पुर्याइएको छ ।
जापान ओलम्पिक कमिटीले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ । उक्त स्थान सन् २०११ को भूकम्पले बढी प्रभावित क्षेत्र हो । यसअघि ग्रीसमा एक कार्यक्रमबीच ओलम्पिक टर्च लाइटनिङ गरिएको थियो । तर कोरोनाकै कारण ग्रीसमा टर्च अन्य स्थानमा भने लगिएन ।
टोकियो ओलम्पिक २०२० आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय छ । कोरोनाको कारण ओलम्पिक हुने नहुने अन्योल रहे पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीदेखि जापान सरकारसम्मले निर्धारित समयमै टोकियो ओलम्पिक गर्ने योजना रहेको जनाउँदै आएको छ ।
कोरोनाकै कारण २०२० मा हुने तय भएको युरोकप र दक्षिण अमेरिकामा हुने कोपा अमेरिका फुटबल २०२१ मा सरेको छ ।
प्रतिक्रिया 4