Comments Add Comment

यूवराजको ‘देउतालाई भाकी’ सार्वजनिक

गायक यूवराज चौलागाइले ‘देउतालाई भाकी’ बोलको गीत सार्वजनिक गरेका छन् । कौशिला खनाल कर्मचार्यको शब्द रहेको यो गीतमा यूवराजकै संगीत छ । यो गीतको भिडियोको निर्देेशक भूषण दाहालले गरेका हुन् । भिडियोमा गायक यूवराज चौलागाई र नायिका मेनुका प्रधानले मोडलिङ गरेका छन् ।

जीवन राइको कोरियोग्राफी रहेको भिडियोमा भरत रेग्मीको सम्पादन छ । यो भिडियोको छायांकन चितवनमा गरिएको हो । यूवराजले गीतमा प्रेमिकासँग खाएका कसम तोडिएको कुरा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment