+
+
Shares

क्वारेन्टाइनका लागि एकल महिला समूहले छहारी भवन दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १७:००

७ चैत, काठमाडौं । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकार आफ्नो तयारीमा जुटिरहेको बेला एकल महिला समूहले सरकारलाई छहारी भवन उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहका तर्फबाट संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उपलब्ध गराउने जानकारी दिएका हुन् ।

विभिन्न जिल्लामा एकल महिला समुहको निम्ति बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइएको जानकारी दिदैं संस्थापक अध्यक्ष लिली थापाले उक्त भवनमा ३ सय ६५ जनालाई राख्न सकिने बताइन् ।

उक्त समूहले सुनसरी, झापा, धनकुटा, संखुवासभा, काठमाडौं, काभ्रे, चितवन, धादिङ, सुर्खेत र कैलाली जिल्लामा रहेको भवनको सम्पूर्ण विवरणसहित सरकारलाई उपलब्ध गराएको छ ।

सरकारले कोभिड–१९ महामारी रोकथामका निम्ति अवलम्बन गर्दै आएको उपायको सह्राहना गर्दै एकल महिला समूहले क्वारेन्टाइन सेवाका लागि आवश्यक समयसम्मका निम्ति प्रयोग गरी सञ्चालन गर्न आग्रह गरेको छ ।

एकल महिला समूहको प्रतिवद्धता पत्र बुझ्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले प्रतिवद्धताका निम्ति धन्यवाद व्यक्त गर्दै महामारी रोकथामका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरिएको उल्लेख गर्दै आतंकित नहुन र सरकारमाथि विश्वास गर्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?