+
+
Shares

लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १५:०३

गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् ।

उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीलाई लखनउमा नै आइसोलेसनमा राखिएको थियो ।

उनी केही दिन अगाडि मात्र बेलायतमा फर्किएको भारतीय टेलिभिजन एबीपी न्यूजले उल्लेख गरेको छ । केही भारतीय मिडियाले भने कनिकाले आफ्नो संक्रमणको बिषयमा लुकाएको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?