Comments Add Comment

जिमेलका फोटोहरु कसरी ‘गुगल फोटोज’मा सार्ने ?

गुगलका इमेल सर्भिस जिमेल विश्वमा सबैभन्दा लोकपि्रय इमेल सेवा हो । जिमेलमा निःशुल्क रुपमा १५ गिगाबाइट मात्र स्पेस उपलब्ध हुन्छ । थप स्टोरेजका लागि पैसा तिर्नुपर्दछ, जुन सामान्य जिमेल प्रयोगकर्ताका लागि महंगो पर्न जान्छ ।

जिमेलमा आउने ठूलो साइजका फाइलहरुले इमेल ड्राइभको धेरै स्पेस ओगटिदिन्छ, जसका कारण जिमेल छिटो भरिन्छ । यदि तपाईंले जिमेलमा फोटोहरु प्राप्त गरिरहनुभयो भने जिमेलको १५ जिबी स्पेस भरिनका लागि समय लाग्दैन । त्यसैले आफ्नो जिमेलको स्पेसलाई भरिन नदिनका लागि अनावश्यक इमेलहरुलाई हटाउने तथा फोटोजस्ता ठूलो साइजका फाइलहरुको व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ ।

आफूलाई आवश्यक पर्ने तस्वीरहरु जिमेलबाट हटाएर के गर्ने ? डाउनलोड गरेर कतै हार्डड्राइभमा राख्ने भन्ने जवाफ आउन सक्दछ । तर होइन । तपाइँले जिमेलमा आएका फोटोहरु डाउनलोड गरेर कुनै हार्डड्राइभमा सारिरहनु नै पर्दैन । तपाईंले जिमेलका फोटोहरु गुगल फोटोज नामक गुगलको फोटो भण्डारण सेवा/एपमा पठाएर आफ्नो जिमेलको स्पेस खुकुलो बनाउन सक्नुहुन्छ ।

स्मरण रहोस् गुगलले गुगल फोटोजका लागि स्टोरेजको कुनै सीमा तोकेको छैन । अर्थात् तपाईंले गुगल फोटोजमा जति पनि तस्वीर भण्डार गर्न सक्नुहुन्छ ।

जिमेलका तस्वीरहरु गुगल फोटोजमा कसरी पठाउने ? गुगलले जिमेलका तस्वीरहरु गुगल फोटोजमा पठाएर सुरक्षित गर्ने कुनै प्रत्यक्ष विधि त दिएको छैन । यसका लागि तपाई‌ं ले केही काइदा अपनाउनु पर्ने हुन्छ र अलिकति मेहेनत पनि गर्नुपर्दछ ।

र, अर्को कुरा के पनि बुझ्नुहोस् भने आफ्नो जिमेलमा भएका सबै फोटोहरु स्वाट्ठै एकै पटकमा गुगल फोटोजमा सार्न पनि सकिने छैन । तपाईंले एक एक गरी फोटोहरु स्थानान्तरण गर्नुपर्नेछ । यसका लागि उल्लेखित विधि अपनाउनुहोस् –

१. कम्प्युटरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस्

२. इनबक्समा रहेका इमेलमध्ये फोटो फाइल संलग्न भएको इमेलमा क्लिक गरी खोल्नुहोस्

३. त्यसपछि स्क्रोल डाउन गरी इमेलमा रहेको अट्याचमेन्ट खण्डमा जानुहोस् र त्यहाँ रहेको Drive आइकनमा क्लिक गर्नुहोस् ।

४. यो प्रक्रिया जिमेलमा रहेका हरेक फोटोहरुमा दोहोराउनुहोस्

५. त्यति गरिसकेपछि  photos.google.com मा गई लगइन गर्नुहोस्

६. त्यहाँ रहेको अपलोड बटनमा क्लिक गरी अप्सनमा रहेको Google Dreive छनोट गर्नुहोस्

७. त्यसपछि गुगल ड्राइभमा देखिने फोटोहरुमध्ये तपाइँले गुगल फोटोजमा सार्न चाहेका तस्वीरहरु सेलेक्ट गरी अपलोड गर्नुहोस्

८. अपलोड कार्य सकिएसँगै पुनः गुगल ड्राइभमा आउनुहोस् र आफुले गुगल फोटोजमा अपलोड गरिसकेका तस्वीरहरु डिलिट गर्नुहोस्

यति गरिसकेपछि तपाइँको जिमेलमा ठाउँ ओगटिरहेका तस्वीरहरु गुगल फोटोमा गएर सुरक्षित हुनेछन् र तपाइँको जिमेलको स्पेस खुकुलो हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment