Comments Add Comment

८ दलद्वारा सरकारको ध्यानाकर्षण-कोरोना भित्रिन नदेऊ

७ चैत, बुटवल । रुपन्देहीमा क्रियाशिल ८ राजनीतिक दलले सरकारको ध्यानाकर्षण गराएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि आवश्यक पहलकदमी उठाउन उनीहरुले आग्रह गरेका हुन् ।

बुटवलमा क्रियाशिल राजनीतिक दलहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी भारतीय सिमानाकामा आवतजावत व्यवस्थित र चेकजाँच व्यवहारिक हुन नसकेको भन्दै आवतजावतलाई अभिलेख राख्न र चेकजाँचलाई कडाइका साथ लागू गर्न आग्रह गरेका हुन् ।

उनीहरुले आम सर्वसाधारणलाई रुघा खोकी लाग्दा पनि अस्पतालहरुले भर्ना लिन आनाकानी गर्ने गरेकोप्रति आपत्ती जनाएका छन् ।

त्यस्तैगरी कोरोना संक्रमितको उपचारका लागि सरकारी, सामुदायिक, निजी क्षेत्रका अस्पतालहरु तथा क्लिनिकहरुमा निशुल्क चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

त्यस्तैगरी भिडभाडलाई निरुत्साहित गर्न, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको उपाय अवलम्बन गर्दै रोकथामका उपचारकालागि जवाफदेही हुन समेत उनीहरुको अपिल गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्ती जारी गर्नेमा सत्तारुढ दलबाहेकका राजनीतिक दलहरु नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment