Comments Add Comment

सीमामा निगरानी बढाउने विषयमा नेपाल र भारतबीच छलफल

७ चैत, काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीले कोरोना भाइरस संक्रमणको जोखिम घटाउन सीमा नाकामा प्रभावकारी निगरानी गर्ने छलफल गरेका छन् ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा. सुब्रमन्यम जयशंकरबीच शुक्रबार दिउँसो भएको टेलिफोन संवादका क्रममा सीमा नाकामा प्रभावकारी निगरानी गर्ने कुराकानी गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई परराष्ट्रमन्त्री दुई देशबीच दैनिक उपभोग्य वस्तु र औषधी आपूर्ति प्रभावकारी बनाउन पनि सहमत भएका छन् ।

कुराकानीका क्रममा दुबै परराष्ट्रमन्त्रीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपसी सहकार्यृ र छलफललाई तिब्रता दिने बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले कोरोना भाइरसको रोकथामका लागि ¥यापिड रेस्पोन्स टिमको सेवा, डाक्टर र विशेषज्ञ सेवाको प्रस्ताव गरेकामा भारतीय समकक्षीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment