Comments Add Comment

सबैलाई आत्मसम्मानका साथ बाँच्न पाउने बनाउँछौं : प्रधानमन्त्री ओली

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन् ।

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले सो कुरा बताएका हुन् ।

‘जातीय एवं सांस्कृतिक विविधतायुुक्त सयौँ थुुँगा फूलका एउटै मालाको प्रतिविम्बका रुपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरुलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवर्द्धन एवं संवर्द्धनका लागि दृढताका साथ अगाडि बढनेछ’, प्रधानमन्त्री ओलीको सन्देशमा लेखिएको छ ।

सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञातशहीदप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जलि अर्पण पनि गरेका छन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।’

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउनुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment