Comments Add Comment

उपत्यकाका संघीय संसदको अपील : स्थानीय सरकारहरु सक्रियता बढाऊ

८ चैत, काठमाडौं । उपत्यकाका सांसदहरुले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि सक्रियता बढाउन स्थानीय सरकारहरुलाई आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाका संघीय सांसदहरुको शनिबार भएको छलफलले कोरोनाको संक्रमण रोकथामका लागि संघसँगै प्रदेश र स्थानीय सरकार पनि सक्रिय हुनुपर्नेमा जोड दिएको छ । ‘आपूर्ति व्यवस्थित गर्ने, अफवाहबाट जोगाउन, बैकल्पिक व्यवस्था गर्ने काम स्थानीय सरकारको पनि हो’ कांग्रेस ४ का सांसद गगन थापाले भने, ‘स्थानीय सरकोको सक्रियता चित्त बुझ्दो भएन ।’ दैनिक उपभोग्य र अत्यावश्यक बस्तुहरुको आपूर्तिका लागि स्थानीय सरकारहरुले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड छ ।

सरकारको निर्णय कार्यान्वयनमा पनि जनताको घरघरमा पुग्न सक्ने स्थानीय सरकारलाई अगाडि सार्नुपर्नेमा जोड दिइएको ललितपुर ३ की सांसद पम्फा भुसालले बताइन् ।

बैठकले भारतसँगको सीमा नाका अझै पूर्ण रुपमा खुला राखेकोमा चिन्ता व्यक्त गरेको छ र यसलाई सीमित र व्यवस्थित बनाउन सरकारलाई आग्रह गरेको छ । यस्तै कोरोना संक्रमण भए नभएको परीक्षणको दायरा फरकिलो बनाउन र उपत्यका बाहिर पनि ठाउठाउँमा गर्न तथा स्वास्थ्य मन्त्रालयले शुक्रबार गरेका गरेका निर्णयहरु तत्काल कार्यन्वयनमा लैजान आग्रह गरेको छ ।

साथै कोरोनाका कारण ज्यालादारीमा काम गर्नेहरुमा असर पर्न थालेको भन्दै उनीहरुको समस्या सम्बोधन गर्न पनि आग्रह गरेको छ । काठमाडौं उपत्यकाका सांसदहरुले सरकारले गरेका निर्णयहरु पूर्ण रुपमा पालाना गर्न पनि उपत्यकाबासीलाई अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment