Comments Add Comment

सेवा प्रदायकले भने-इन्टरनेट सूचना लिन मात्र चलाऔं, अनलाइन गेम नखेलौं

८ चैत, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सकेसम्म कम इन्टरनेटको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९)को जोखिम बढेसँगै सरकारले अत्यावश्यक काम पर्दा बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । त्यसैले धेरै व्यक्ति घर तथा अफिसमै अधिकतम समय बिताउन थालेका छन् ।

यसले इन्टरनेटको प्रयोग ३० प्रतिशतले बढेका छन् । र, ‘ब्यान्ड विथ’को माग धान्न हम्मे-हम्मे परेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)का अध्यक्ष भोजराज भट्टले यही गतिमा प्रयोगकर्ताको चाप बढे ६० प्रतिशतसम्म बढी खपतको अवस्था आउने बताए ।

‘हामीसँग त्यति धेरै माग र खपत धान्ने क्षमता छैन,’ उनी भन्छन्, ‘प्रयोगकर्ता बढेपछि इन्टरनेट स्लो हुने लगायतका समस्या देखिन सक्छ ।’

इस्पानले सकेसम्म सूचनाका लागि मात्रै इन्टनेट चलाइदिन आग्रह गरेको छ । भिडियो हेर्न, डाउनलोड र अनलाइन गेम खेल्ने लगायतमा इन्टरनेट प्रयोग नगर्न समेत इस्पानले आग्रह गरेको छ ।

‘भारतबाट तत्काल ब्यान्ड विथ बढाएर ल्याउन पनि गाह्रो छ, इन्टरनेटको ब्यान्डविथको खपत भारतमै बढेको छ,’ इस्पानका अध्यक्ष भट्टले भने, ‘हाम्रो कारण पनि जति माग भयो त्यति धान्न सक्ने अवस्थामा छैनन्, थप उपकरण राख्न अहिले सामान ल्याइहाल्ने अवस्था पनि छैन ।’

इन्टरनेट सेवा प्रदायकले अहिले संक्रमणको जोखिमले घर-घर गएर इन्टरनेट मर्मतको काम गर्न सकिने अवस्था नरहेको पनि बताएको छ । तर अनलाइनमार्फत मर्मतका लागि गर्न कन्जुस्याइँ नहुने अध्यक्ष भट्टले बताए ।

उपभोक्ताहरुलाई बिल भुक्तानीका लागि अनलाइन पेमेन्टका सुविधा प्रयोग गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment