+
+
Shares

कोरोनाबाट तेस्रो बढी प्रभावित देश अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते ९:२३

९ चैत, काठमाडौं । अमेरिका विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण फैलने विश्वकै तेस्रो मुलुक बनेको छ ।

शनिबार मात्रै अमेरिकामा ७ हजार ६८६ नयाँ कोरोनाका बिरामी भेटिएका छन् । योसँगै अमेरिकामा समग्र संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ ।

संक्रमणसँगै अमेरिकामा मृत्युदर पनि बढेको छ । वर्ल्डओमिटर्सका अनुसार, शनिबार मात्रै यहाँ कोरोनाका कारण ८४ जनाको ज्यान गएको थियो । कोरोना लक्षण देखिएका ८४ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४० पुगेको छ ।

त्यस्तै, स्पेनमा पनि एकै दिन २८५ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ । स्पेनको कुल कोरोना संक्रमितको संख्या भने २५ हजार ४९६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?