Comments Add Comment

दुनियाँको सबैभन्दा छोटो युद्ध, जुन ३८ मिनेटमै सकियो

विश्वको इतिहास रक्तरञ्जित छ भन्दा फरक पर्दैन । विश्वमा लाखौं मानिसहरू मारिने कैयन् भयानक युद्धहरू भएका छन् । दुवै विश्व युद्धहरू वर्षौंसम्म चले । तर यो दुनियाँमा एउटा यस्तो युद्ध पनि भयो जुन केवल ३८ मिनेटमै सकियो ।

सो युद्ध विश्व इतिहासको सबैभन्दा छोटो युद्ध भनेर चिनिन्छ । जब युद्ध सुरु भएको ३८ मिनेटमै एउटा पक्षले हार स्वीकार गर्यो, तब युद्ध सकियो ।

बेलायत र जञ्जिबारबीच भएको थियो त्यो युद्ध । जञ्जिबार एक टापु समूह हो, जुन अहिले तान्जानियाको एक अर्ध स्वायत्त भाग हो ।

सन् १९८० मा जब जञ्जिबारले बेलायत र जर्मनीको बीचमा भएको एक सन्धिमा हस्ताक्षर गरेपछि जञ्जिबार बेलायतको अधीनमा गएको थियो । जबकि ताञ्जानियाको अधिकांश हिस्साचाहिँ जर्मनीको अधीनमा पर्यो ।

उक्त सन्धिपश्चात् बेलायतले जञ्जिबारको रेखदेख गर्ने जिम्मा हमद बिन थुवैनीको हातमा सुम्पियो । त्यसपछि थुवैनीले आफैंलाई जञ्जिबारको राजा घोषित गरे ।

उनले सन् १९८३ देखि १९८६ सम्म ३ वर्ष सफलतापूर्वक जञ्जिबारमा आफ्नो शासन सञ्चालन गरे । २५ अगष्ट १९८६ मा उनको मृत्यु भयो । त्यसपछि उनका भतिजा खालिद बिन बर्घासले आफूलाई जञ्जिबारको राजा घोषणा गरे र सत्ता हातमा लिए । उनीमाथि आफ्ना काका थुवैनीलाई विष खुवाएर मारेको आरोप पनि लाग्यो ।

जञ्जिबारमा बेलायतको अधिकार थियो । बेलायतको स्वीकृतिविना बर्घासले आफैंलाई राजा घोषित गरेको कुरा बेलायतले स्वीकारेन । बेलायले तत्कालै उनलाई पदबाट हट्ने आदेश दियो । तर बर्घासले बेलायतको आदेश मानेनन् । आफ्नो दरबारको सुरक्षाका लागि उनले चारैतर्फ सेना तैनाथ गरे । यो कुरा जब बेलायतले थाहा पायो, तब उसले पुनः खालिदलाई सुल्तान पद छाड्न आग्रह गर्यो । तर उनले पुनः अस्वीकार गरे ।

अब जञ्जिबारमाथि आफ्नो अधिकार पुनस्र्थापित गर्न बेलायतसँग एउटा मात्र विकल्प थियो, युद्ध । त्यसपछि बेलायतले पूरा तयारी तथा रणनीतिका साथ जञ्जिबारका सुल्तान बर्घासको महलमाथि आक्रमणका लागि नौसेना पठायो । २७ अगष्ट १९८६ को बिहान बेलायतले सेनाले आफ्ना जहाजबाट जञ्जिबारका सुल्तानको महलमा बम वर्षा गरेर ध्वस्त पारिदियो । मात्रै ३८ मिनेटमा बेलायती सेनाले सुल्तानको दरबार कब्जा गरी विजय हात पारेसँगै युद्ध समाप्त भयो । आफैंलाई सुल्तान घोषणा गरेका बर्घासले जर्मन कन्सुलेटमा शरण लिन पुगे ।

सन् १९६३ मा जञ्जिबार बेलायतबाट स्वतन्त्र भएको थियो तर त्यसको एक महिनापछि नै त्यहाँ हिंस्रक क्रान्ति भयो । उक्त हिंसामा हजारौं मानिस मारिए र हजारौंलाई देश निकाला गरियो । त्यसछि जञ्जिबार र पेम्बा गणतन्त्रको स्थापना भयो । त्यसको केही महिनापछि उक्त गणराज्यले आफूलाई तन्गानिकामा विलय गरायो । पछि तन्गानिका र जञ्जिबारको संयुक्त गणराज्यलाई युनाइटेड रिपब्लिक अफ तान्जानिया नाम दिइयो । यद्यपि, जञ्जिबार अहिले पनि तान्जानियाको एक अर्ध स्वायत्त क्षेत्रको रूपमा रहेको छ । त्यहाँ अलग्गै सरकार रहेको छ । जसलाई रिभोलुसनरी गभर्नमेन्ट अफ जञ्जिबारको नामले चिनिन्छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment