+
+
Shares

यशराजको एक्सन चलचित्रमा शाहरुख !

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १३:५१

बलिउडको प्रतिक्षित चलचित्र निर्माण कम्पनी ‘यशराज फिल्मस्’ले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । जहाँ ‘यशराज फिल्मस्’सँग सहकार्य गर्ने सम्पूर्ण कलाकारहरुको उपस्थिती रहने छ । कलाकारहरुले यशराजसँगको सहकार्य कस्तो रह्यो भन्ने बोल्नेछन् ।

सोही कार्यक्रममा ‘यशराज फिल्मस्’ले केही नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरिरहेको छ । सलमान खान, शाहरुख खान, ऋतिक रोशन, दीपिका पादुकोण,कट्रिना कैफ लागयतका कलाकारलाई लिएर यशराजले फरक-फरक विधाको चलचित्र घोषणा गर्ने तयारी गरिरहेको छ ।

समचारका अनुसार शाहरुखले ‘यशराज फिल्‍मस्’ले निर्माण गर्न लागेको एक्सन चलचित्रमा काम गर्नेछन् । ठुलो बजेटमा निर्माण हुन लागेको यस चलचित्रको नाम भने तय भएको छैन । लामो समयदेखि चलचित्रमा काम नगरी बसेका शाहरुख यशराजको चलचित्रमा काम गर्न राजी भइसकेका छन् ।

बलिउड मिडियाका अनुसार शाहरुख खानले अभिनय गर्ने चलचित्रलाई ‘वार’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । ‘वार’ पनि ‘यशराज फिल्मस्’ कै व्यानरमा निर्माण भएको चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?