+
+
Shares

माछापुच्छ्रे बैंक र प्रहरीको संयुक्त पहलमा विभिन्न स्थानमा हातधुने व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १४:५७

९ चैत, काठमाडौं ।माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाडौंको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५ हजार लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो ।
आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरूमा हात धुने ठाउँको व्यवस्था गरेको हो ।

विश्वका अधिकांश देशमा महामारीको रूपमा देखा परेको कोरोना भाइृसरको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्वजनिक स्थानमा हात धुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरीय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्र अन्तर्गत पर्ने भएको हुनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरूमा ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको उपयोग गर्न सबैमा आग्रह गरेको छ ।

साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरूबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबार लाई कम गरिदिन समेत सम्पूर्ण ग्राहकहरूमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?