+
+
Shares

आमा बन्नुअघि यसरी गर्नुपर्छ वित्तिय योजना 

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १६:१५

बच्चाको आगमन आमा-बुबाका लागि व्यक्तिगत, भावनात्मक र आर्थिक रुपले पनि अति नै महत्वपूर्ण हुन्छ । एकातिर आफ्नो वंशलाई संसारमा ल्याउने कुराको खुशी हुन्छ भने अर्कोतिर उसको लालन-पालनमा हुने खर्चका कारण नचाहँदा-नचाहँदै पनि निधार चाउरिन थाल्छ ।

के तपाईं पनि आफ्नो परिवारमा नयाँ सदस्यको स्वागतको तयारी गरिरहनु भएको छ ? यदि गर्दै हुनुहुन्छ भने तपाईंले राम्रो तरिकाले लगानी गर्नु पर्छ, जसले नयाँ सदस्यको भविष्य सुखद हुन्छ ।

खर्चको अनुमान लगाउनु पर्छ

प्रायः महिलाहरुले आफ्नो भैरहेको जागिर नवजात शिशुको पालन-पोषण गर्नका लागि छाडिदिन्छन् । यदि तपाईंको पनि त्यस्तै योजना छ भने तपाईंलाई आफ्नो आम्दानी कम हुँदैछ र खर्च बढ्दै छ भन्ने कु्राको बारेमा थाहा हुनु पर्छ । त्यसैले प्रारम्भदेखि नै नवजात शिशुको खर्चको पूर्ण खाका तयार गर्नु पर्छ र त्यहि अनुसार बचत र लगानीको पनि पूर्ण रुपले योजना बनाउनु पर्छ । यदि तपाईंसंग कुनै त्यस्तो बीमा योजना छ, जसमा प्रसुतीको खर्च उठ्यो भने तपाईंलाई आर्थिक रुपले धेरै सहयोग प्राप्त हुन्छ ।

जागिर छोड्नुअघि नै वचत शुरु

बच्चा जन्मेपछि बच्चासहित अन्य स-साना कुराहरुमा पनि खर्च हुन्छ । ती खर्चहरुका लागि तपाईंले आफ्नो इमर्जेन्सी फण्डमा निश्चित रकम जम्मा गर्नु सक्नु हुन्छ ।

शिल्पी एउटा निजी कम्पनीमा कार्यरत छिन् । उनले निकट भविष्यमै बच्चा जन्माउँदैछिन् । बच्चा जन्मेपछि उनले जागिर छाड्ने निर्णय गरेकी छिन् । त्यसैले उनले हरेक महिना आफ्नो फण्डमा ५ हजार रुपैयाँ जम्मा गर्न थालेको बताउँछिन् । जसका कारण बच्चाको जन्मेपछि अस्पताल, उनको लुगा, तेल लगाउने मानिस इत्यादिको खर्च सजिलै निस्कने र परिवारको बजेट पनि नबिग्रने शिल्पाको योजना छ ।

स्कूलको खर्च र भविष्यको योजना

बच्चा ठुला भएपछि स्कुल जान थाल्छन् । हिजोआज स्कुलको भर्ना शूल्क निकै नै चर्को भएको छ । त्यसलाई ध्यानमा राख्दै स्कुलको मासिक शूल्क र अन्य आवश्यकताका लागि आयको केही भाग भिन्दै जम्मा गर्नु पर्छ । त्यस बाहेक बच्चाका अन्य आवश्यकता र पढाईका लागि प्रतिवर्ष केही राशी बजारमा पनि लगानी गर्न सक्नु हुन्छ ।

यदि तपाईं बजारको जोखिमबाट बच्न चाहनु हुन्छ भने कुनै राम्रो ब्याज दिने बैंकका निश्चित अवधिका लागि रकम निक्षेप समेत गर्न सक्नु हुन्छ । त्यसरी रकम जम्मा गर्दा त्यहाँबाट निश्चित ब्याज पनि प्राप्त हुन्छ, जुन तपाईंका लागि निकै नै उपयोगी हुनसक्छ । त्यसका लागि बढिमा १० वर्षको मुद्दती खाता पनि खोल्न सक्नु हुनेछ । तपाईंको बच्चाले एसईई दिने बेलासम्म उक्त खातामा राम्रै पैसा जम्मा भैसकेको हुनेछ ।

स्वास्थका लागि

बच्चाहरुको स्वास्थ्य सम्बन्धि आवश्यकताका लागि आफ्नो जारी स्वास्थ्य बीमा योजनाको राशी बढाउन सकिने छ, ताकि बच्चाको स्वास्थ्यसंग सम्बन्धित कुनै पनि समस्या आयो भने सजिलै तथा उत्कृष्ट शैलीमा सामना गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?