+
+
Shares

राष्ट्र बैंकले बढायो मोवाइल बैंकिङ कारोबारको सीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १६:५३

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी कारोबारको सीमा बढाएको छ । आइतबार भुक्तानी सम्बन्धी कारोबार गर्ने सबै संस्थाहरुलाई परिपत्र गर्दै राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने कारोबारको सीमा बढाइएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक सुवासचन्द्र घिमिरेले मोवाइल बैंकिङ कारोबारको सीमा प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए । यस अघि प्रतिदिन ५० हजार रुपैयाँ र प्रति महिना २ लाख रुपैयाँमात्रै कारोबार गर्न पाइन्थ्यो ।

इन्टरनेट बैंकिङमा मर्चेन्ट पेमेन्टको प्रतिदिन १० लाख र प्रति महिना ३० लाख रुपैयाँ तोकिएको छ भने खाता ट्रान्सफरका लागि दैनिक १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ ।

यसैगरी वालेटबाट अन्य बैंक खातामा कारोबार बढाएर प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँसम्मको सीमा राष्ट्र बैंकले तोकेको घिमिरेले बताए । उनका अनुसार यस अघि प्रति कारोबार भनेर तोकिएको थिएन भने प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना ५० हजार रुपैयाँमात्रै कारोबार गर्न पाइन्थ्यो ।

एक वालेटबाट अर्को वालेटमा ट्रान्सफर गर्ने सीमा पनि र प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँ नै तोकिएको छ ।

यसैबीच राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले डिजिटल कारोबार प्राथमिकतामा राख्न आग्रह गरेका छन् । यो डिजिटल कारोबार बढाउने अवसर पनि भएको भन्दै उनले प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

‘यतिबेला कोरोनाका कारण सबै क्षेत्र त्रसित, हामीले ध्यान दिनु पर्ने सुरक्षा सतर्कता नै हो’ प्रवक्ता भट्टले भने, ‘सुरक्षा सतर्कताका लागि डिजिटल कारोबार उच्चम हुन्छ ।’

राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै यो अवस्था एउटा अवसर पनि भएको बताए । आफू सुरक्षित राख्नका लागि पनि यतिबेला घरमै बसीबसी प्रविधिको माध्यमबाट आर्थिक लेनदेन गर्नु राम्रो हुने उनले बताए ।

बैंकहरुले मोवाइल बैंकिङमा दिने सुविधा बढाएको भन्दै यसको सर्वसाधारणले भरपुर उपयोग गर्नु पर्ने प्रवक्ता भट्टको आग्रह छ ।

यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको संयुक्त बैठक बसेर इन्टरनेट÷मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवारमा कुनै शुल्क नलिने निर्णय गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजान समेत आग्रह गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?