Comments Add Comment

इटालियन सिरी एको फुटबल सिजन सकिन असम्भव छ : ज्याभिएर पास्टोर

काठमाडौं । रोमाका मिडफिल्डर ज्याभिएर पास्टोरले इटालियन सिरी ए को सिजन सकाउन असम्भव भएको बताएका छन् ।

अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले इटली धेरै प्रभावित बनेको छ । त्यसले खेलकुदमा पनि असर पारेको छ । त्यसैले रोमाका पास्टवरले सिरी ए सकाउन कठिन रहेको बताएका हुन् ।

इटली पछिल्लो दुई सातादेखि लकडाउन छ । गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाको असर अहिले इटलीमा बढी छ । जसले गर्दा इटलीमा ४ हजार ८०० जनाको मृत्यु भइसकेको छ । शनिबार मात्रै इटलीमा ७९० जनाको मृत्यु भएको थियो ।

कोरोनाकै कारण युरोकप २०२१ मा सारिएको छ । सिरी ए पनि अप्रिल ३ सम्मको लागि स्थगित गरिएको छ ।

इटालियन फुटबल एसोसिएसनका अध्यक्ष डामिएनो टोमासिल सिरी ए मे अथवा जुनतिर सुरु हुनसक्ने बताएका थिए । तर पासटोरले भने यसमा ठूलो शंका व्यक्त गरेका हुन् । ‘हामीले यो सिजन फेरि खेल्छौं र अर्को सिजन खेल्छौं । तर मेरो विचारमा यो सिजन सकाउन असम्भव छ । हामीलाई खेलको लागि तयार हुन २०–३० दिनको प्रशिक्षण चाहिन्छ,’ रेडियो इम्पाकाटोको भनाइलाई उद्धृत गर्दै गोल डटकमले लेखेको छ ।

उनले फुटबल जहाँ छाडेको छ त्यहाँबाट सुरु गर्न असम्भव रहेको बताए । यस सिजन ढिला भए अर्को सिजनको लागि तयार गर्नुपर्ने उनले बताएका छन् । अर्को वर्ष युरोकप र कोपा अमेरिका कप हुँदैछ ।

पास्टोरले कोरना भाइरसको संक्रमणका कारण समूहमा प्रशिक्षण गर्न नपाए पनि सबै खेलाडीले क्लबसँग सहकार्य गरेर घरमै जिमलगायत ट्रेनिङ गरिरहेको बताए । इटलीमा ठूलो संक्रमण देखेका पास्टोरले आफ्नो देशवासी अर्जेन्टाइन नागरिकलाई समेत कोरोनालाई कम नआक्न सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment