+
+

राहत कोषका लागि प्रधानमन्त्री सचिवालयको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १५:२९

१० चैत, काठमाडौं । सरकारले खडा गरको केन्द्रीय राहत कोषका लागि प्रधानमन्त्रीको सचिवालयका सदस्यले आधा महिनादेखि एक महिनासम्मको पारिश्रमिक सहयोग घोषणा गरेका छन् ।

कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरिएको कोषका लागि मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको तलब उपलब्ध गराउने भएका हुन् ।

यस्तै, विकास पूर्वाधार विज्ञ इन्जिनियर गजेन्द्र थपलिया, सञ्चार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

यसअघि सांसद, व्यवसायीहरु अन्य व्यक्तिहरुले पनि सहयोग घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?