+
+
Shares

कोरोनासम्बन्धी अनुसन्धानमा नेपालीलाई संलग्न गराउन पहल गर्छु : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १७:०३

१० चैत, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेले चीनमा भइरहेका कोरोनासम्बन्धी अनुसन्धानमा नेपालीलाई संलग्न गराउन पहल गर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो सुनुवाईका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘पछिल्लो समय कोरोना भइरसको महामारी छ । चीनले यसमा अनुसन्धान गर्यो र भाइरस नियन्त्रण गर्न सफल भएको छ’ पाण्डेले अगाडि भने, ‘राजदूत भएर रहँदा म त्यस्ता अनुसन्धानमा नेपालीलाई संलग्न गराउन पहल गर्छु ताकि यस्ता विपद आउँदा भविष्यमा नेपालले पनि विश्व समुदायलाई योगदान गर्न सकोस् ।’

कोरोना भाइरसको औषधि तयार पारेर चीनले बाँदरमा प्रयोग गरेको र त्यो सफल भएको आफ्नो जानकारीमा रहेको बताउँदै पाण्डेले मान्छेमा पनि सफल भएको खण्डमा चीनले एक महिनाभित्र विश्व बजारमा औषधि दिने बताएको उल्लेख गरे ।

गत फागुन १८ गतेको मन्त्रिपरिषदको बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको थियो । सोमबार संसदीय सुनुवाई समितिले पाण्डेको नाम अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?