Comments Add Comment

एउटा पनि एयरपोर्ट नभएका विश्वका पाँच देश

अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग  जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।

यी हुन् एउटा पनि विमानस्थल नभएका विश्वका पाँच देश :

१. एण्डोरा : युरोपको छैटौँ सबैभन्दा सानो देश एण्डोरा विश्वको १६औँ सानो देश हो । यसको क्षेत्रफल ४६८ वर्ग किलोमिटर छ । यो देशको जनसंख्या ८५ हजार रहेको छ ।

एण्डोरामा कुनै पनि विमानस्थल छैन । यद्यपि तीनवटा प्राइभेट हेलिप्याड भने छन् । यो देशको सबैभन्दा नजिकको विमानस्थल भनेको स्पेनको विमानस्थल हो जुन १२ किलोमिटर टाढा पर्दछ । यति हुँदाहुँदै पनि एण्डोरामा वर्षेनी लाखौँ पर्यटक घुम्न आउँदछन् ।

२. लिच्टेन्स्टाइन : युरोपको एक दोहोरो भूपरिवेष्ठित मुलुक लिच्टेन्स्टाइन अष्ट्रिया र स्विजरल्याण्डको बीचमा रहेको छ । यो देशको क्षेत्रफल १६० वर्ग किलोमिटर रहेको छ । यो देशलाई प्राचीन मुलुकको रुपमा मानिन्छ जहाँ पाषाण युगमा समेत मानव बसोबास भएको प्रमाण प्राप्त भएको छ । यो देशमा पनि कुनै विमानस्थल छैन । यो देशबाट सबैभन्दा नजिकको विमानस्थल भनको स्विजरल्याण्डको जूरिच विमानस्थल हो ।

३. मोनाको : पश्चिम युरोपको एक सानो देश मोनाको विश्वको दोश्रो सबैभन्दा सानो देश हो । फ्रान्स र इटालीको बीचमा रहेको मोनाको देशको कूल जनसंख्याको अनुपातमा सबैभन्दा धेरै करोडपति रहेको देश हो । त्यसका बाबजुत पनि मोनाकोमा एउटा पनि विमानस्थल छैन । मोनाकोको सबैभन्दा नजिकको विमानस्थलचाहिँ फ्रान्सको विमानस्थल हो ।

४. सान मारिनो : यो पनि युरोपेली मुलुक नै हो । सान मारिनोलाई युरोपको सबैभन्दा पूरानो गणराज्य पनि मानिन्छ । यो विश्वको पाँचौँ सानो देश पनि हो । सान मारिनोमा एउटा पनि एयरपोर्ट छैन । यद्यपि एउटा हेलिप्याड र एउटा सानो एयरफिल्डचाहिँ रहेको छ । यो देशको सबैभन्दा नजिकको एयरपोर्टचाहिँ इटालीमा पर्दछ ।

५. भ्याटिकन सिटी : यो विश्वको सबैभन्दा सानो देश हो । इसाई धर्मको प्रमुख सम्प्रदाय क्याथोलिक चर्चको केन्द्र हुनुका साथै क्रिस्चियन सर्वोच्च धर्मगुरु पोपको निवास स्थान पनि हो । भ्याटिकको क्षेत्रफल यतिधेरै कम छ कि सिंगै देशको जमिन प्रयोग गर्दासमेत एउटा एयरपोर्टलाई चाहिने जग्गा पुग्दैन । इटालीको रोम एयरपोर्ट भ्याटिकन सिटीबाट सबैभन्दा नजिकमा पर्ने विमानस्थल हो । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment