Comments Add Comment

विश्वभरी यसरी महामारी बन्यो कोरोना

गत वर्ष डिसेम्बर ३१ मा, चीनलको हुबेई प्रान्तको १ करोड १० लाख मानिसहरुमा भएको अनौंठो निमोनियाका कारण गम्भीर समस्या आउने सक्ने भन्दै डब्ल्यूएचओले चीनलाई सचेत गराएको थियो । त्यो बेलासम्म भाइरस अज्ञात किसिमको थियो ।

यो संक्रमणका कारण जनवरी एकमा चीनको हुवानान समुद्री खाना पाइने बजारमा बन्द गरियो । सरकारले यसरी भाइरसको बारेमा सचेतना जगाउँदा जगाउँदै त्यहाँ संक्रमितहरुको संख्या ४० पुगिसकेको थियो ।

सुरुमा यसलाई सार्स भाइरसको रुपमा मानिएको थियो । तर, जनवरी ५ मा चिनियाँ अधिकारीहरूले यो भाइरस सार्स भाइरसको पुनरावृत्ति हुनसक्छ भन्ने सम्भावनालाई इन्कार गरे । सार्स एउटा यस्तो रोग थियो जुन चीनमा सुरु भएको थियो । सन् २००२–२००३ मा विश्वव्यापी रुपमा ७७० जनाभन्दा धेरैको ज्यान गएको थियो ।

जनवरी ७ मा अधिकारीहरूले आधिकारिक रुपमा यो पुरानो भाइरस नभएर नयाँ भाइरस भएको घोषणा गरे । यही दिन नै यो भाइरसको नाम नोफबेल कफरोना राखिएको थियो ।

कोरोनाभाइरस सामान्य हुन्छन् र संक्रमित व्यक्तिसँगको नजिक हुँदा फैलाउँदछन् । यही दिन नै चीनबाट खोकी र हाछ्युँ गर्दा समेत यो रोग सर्छ भन्ने कुरा पत्ता लाग्यो ।

जनवरी ११ मा, चीनले समुऽी खाना बजारबाट सामानहरू किनेकी ६१ वर्षीय वृद्धको यही भाइरसबाट पहिलो मृत्यु भएको घोषणा गर्यो । पहिले नै अस्पतालमा भर्ना भएकी उनको उपचारपछि पनि कोरोनाको लक्षण सुधार हुन नसकेको र उनको जनवरी ९ मा मृत्यु भएको घोषणा गर्यो ।

जनवरी १३ मा, डब्ल्यूएचओले वुहानबाट आएकी एक महिलालाई पहिलो पटक थाइल्याण्डमा यो भाइरसको संक्रमण रहेको पुष्टि गर्यो । ती महिला बुहानबाट आएकी थिइन् ।

जनवरी १६ मा, जापानको स्वास्थ्य मन्त्रालयले वुहान भ्रमण गरेका एकजनामा कोरोना पुष्टि भएको जानकारी दियो ।

जनवरी १७ मा, वुहानमा दोस्रो मृत्युको खबर आयो । त्यसपछि डब्लुएचओका स्वास्थ्य अधिकारीहरूले घोषणा बुहानबाट आएका हरेकलाई स्क्रिनिङ सुरु गर्न सबै देशहरुलाई आग्रह गर्यो ।

त्यसपछि संयुक्त राज्य अमेरिका, नेपाल, फ्रान्स, अष्ट्रेलिया, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, भियतनाम र ताइवानका अधिकारीहरूले निम्न दिनहरूमा भाइरसको संक्रमणको पुष्टि गरे।

जनवरी २० मा, चीनले तेस्रो मृत्यु र २०० भन्दा बढी संक्रमितहरुको रिपोर्ट सार्वजनिक गर्यो । जसमा राजधानी बेइजिङ शंघाई र सेन्जेनलगायत हुबेई प्रान्तमा समेत यस्तो घटनाको रिपोर्ट गरियो ।

यसैबीच, संक्रमित रोगका चिनियाँ विज्ञले राज्यको स्वामित्वमा रहेको सीसीटीभीमा मानिसदेखि मानिससम्म प्रसारण हुनेबारे पुष्टि गरे । यो सँगै एसियाली देशहरूले भाइरसको फैलावट रोक्नको लागि विभिन्न कदम चाल्न थाले । चीनको उच्च जोखिम भएका क्षेत्रहरूबाट आउने सबै एयरपोर्टमा अनिवार्य स्क्रीनिंगको ब्यवस्था गरियो ।

जनवरी २२ मा, चीनमा कोरोनाका कारण ज्यान जानेहरुको संख्या १७ पुग्यो भने ५५० जनामा संक्रमण देखियो । धेरै युरोपियन एयरपोर्टहरुमा बुहानबाट आउने सबै उडानहरुमा धेरै कडाइ गरियो ।

जनवरी २३ मा प्रभावकारी क्वारेन्टाइनको स्थापना गरियो । वुहानका सबै हवाई तथा रेल सेवाहरु स्थगित गरियो ।

बेइजिङमा जनवरी २५ देखि सुरु भएको नयाँ वर्षका कार्यक्रमहरू रद्द गरियो । जबकी अधिकारीहरूले हुबेई बाहिर पहिलो मृत्युको खबर पुष्टि गरे।

डब्लुएचओले पछि जनवरी २३ मा यो प्रकोपले अहिलेसम्म अन्तर्राष्ट्रिय चासोको सहितको सार्वजनिक आपतकाल गठन गर्न नसकेको र चीन बाहिरका मानिसहरूमा भाइरस फैलाउने कुनै प्रमाण नभएको भन्दै आपतकाल घोषणा गर्न मानेन ।

जनवरी २४ मा चीन सरकारले २६ जनाको सो भाइरसका कारण ज्यान गएको र ८३० जनालाई इन्फेक्सन भएको जनायो ।

यही दिन हुबेईमा लकडाउनको घोषणा गरियो ।

सोही दिन शंघाई डिज्नील्याण्ड बन्द गरियो र अन्य शहरहरूले समेत मनोरञ्जन स्थलहरू बन्द गर्ने घोषणा गरे। बेइजिङले ग्रेटवाल र अरु प्रसिद्ध ठाउँहरु समेत बन्द गर्ने निर्णय गर्यो ।

जनवरी २५ मा हुबेईका थप शहरहरूमा यात्रा प्रतिबन्धहरू लगाइयो । जसबाट प्रभावित व्यक्तिको संख्या छ करोड ६० लाख पुगेको बताइयो ।

सोही दिन हङकङले यस बीचमा भाइरस आपतकाल घोषणा गर्‍यो।

जनवरी २६ मा मर्नेहरूको संख्या बढेर ५६ पुगेको थियो । लगभग २०००० जनामा संक्रमण फैलिएको पुष्टि भयो । यो पुष्टिसँगै यात्रा प्रतिबन्ध बढाइयो भने ओशिन पार्क थीम पार्कहरू बन्द गरियो । सोही दिन अमेरिका, ताइवान, थाईल्याण्ड, जापान र दक्षिण कोरियामा नयाँ संक्रमितहरुको पुष्टि भयो।

जनवरी २७ सम्म चीनमा मर्नेको संख्या १०६ पुग्यो । हुबेईमा मात्रै यो संख्या १०० नाघ्यो । चीनमा अरु ४५१५ जनामा संक्रमण देखियो । हुबेई प्रान्तमा एकदै दिन १४२३ जनाबाट २७१४ जनामा संक्रमण देखियो ।

जनवरी ३० मा, डब्ल्यूएचओले कोरोनाभाइरसलाई विश्वव्यापी आपतकालिन घोषणा र्गयो । त्यो दिनसम्म चीनमा मर्नेहरूको संख्या १७० पुगेको थियो । साथै ७७११ नयाँ संक्रमण पत्ता लाग्यो । साथमा चीनको ३१ वटा प्रान्तमा यसको संक्रमण देखिएको थियो ।

जनवरी ३१ मा, चीनमा संक्रमण पुष्टि भएका घटनाको संख्या ९८०९ पुग्यो । रसिया, स्पेन, स्विडेन र बेलायतमा समेत यही दिन एक एक जनामा कोरोना संक्रमण भेटियो ।

फेब्रुअरी १ मा, चीनमा मृतकहरूको संख्या २५९ पुग्यो । जबकि ११,७९१ जना चीनमा मात्रै संक्रमित भएको पुष्टि भयो । अष्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, सिंगापुर, अमेरिका, युएई र भियतनाममा नयाँ संक्रमणको समेत यही दिन पुष्टी भयो।

फेब्रुअरी २ सम्म चीन बाहिर पहिलो पटक वुहानबाट आएका चिनियाँहरुको फिलिपिन्समा मृत्यु भयो।

चीनमा मर्नेको संख्या बढेर ३०४ पुगिसकेको थियो भने १४ हजार ३८० संक्रमितहरु भेटिइसकेको थियो ।

फेब्रुअरी ३ मा, चीनमा थप ५७ जनाको थप मृत्यु भएको रिपोर्ट आयो । जसमा त्यसको मृत्यु हुनेको संख्या कम्तिमा ३६१ पुगेको थियो। देशभरि यसको संक्रमित संख्या १७२०५ पुगेको छ।

फेब्रुअरी ४ मा चीनमा मृतकको संख्या बढेर ४२५ जनामा पुग्यो । संक्रमित व्यक्तिको संख्या २०,४३८ पुग्यो । हङकङमा थप एक जनाको मृत्युको खबर आयो । जसले विश्वव्यापी मृत्युको संख्या ४२७ पुर्यायो । बेल्जियममा कोरोनाको पहिलो घटना पुष्टि भयो जो वुहानबाट स्वदेश फिर्ता भएका थिए ।

फेब्रुअरी ५ मा, अमेरिकी नागरिकहरू उद्धार गर्नको लागि थप उडानहरू वुहानबाट फर्किए र डब्ल्यूएचओले पुष्टि गर्यो कि त्यहाँ कोरोनाभाइरसको लागि प्रभावकारी उपचार हुन सकेको छैन।

फेब्रुअरी ७ मा कोरोनाभाइरसको बारेमा पहिलो पटक जानकारी दिने चिकित्सक ली वेनलियाङ्गको मृत्यु भयो । हङकङले कोरोनाको बिरुद्ध लगाइएको नियम उल्लंघन गर्नेलाई जेल सजाय सुनायो।

चीनमा मर्नेको संख्या कम्तिमा ६३६ पुगेको पुष्टि भयो । संक्रमणका ३१, १६१ जनामा देखियो ।

फेब्रुअरी ८ मा एक अमेरिकी नागरिक वुहानमा मरे ।

जापानको परराष्ट्र मन्त्रालयले सोही दिन बुहानमा आफ्नो एक जना नागरिकको समेत मृत्यु भएको पुष्टि गर्‍यो ।

फेब्रुअरी ९ मा कोरोनाभाइरसको मृत्यु हुनेको संख्या सार्सबाट मृत्युहुनेको भन्दा बढी देखियो । यस दिनसम्म चीनमा मात्रै मर्नेको संख्या ८११ पुग्यो । त्यसपछि डब्लुएचओबाट विशेषज्ञहरूको नेतृत्वमा अनुसन्धान टोली चीनको लागि प्रस्थान गर्‍यो।

फेब्रुअरी १० सम्म चीनमा मृत्युहुनेको संख्या ९०८ जनाको मृत्यु भएको पुष्टि भयो । कूल ४० हजार १७१ जनामा संक्रमण फैलियो । यही दिन राष्ट्रपति सी जिनपिङले महामारीको थालनी भएपछि पहिलोपटक सार्वजनिक रूपमा बेइजिङको एउटा अस्पताल गएर भाइरस विरुद्धको लडाईमा एक हुन सबैलाई आग्रह गरे ।

फेब्रुअरी ११ मा, डब्ल्यूएचओले नयाँ कोरोनाभाइरसको नाम कोभिड १९ राख्यो । यसमा कोको अर्थ कोरोना भिआइको अर्थ भाइरस र डिको अर्थ डिजास्टरबाट यो नाम राखिएको हो ।

यसैबीच, चीनमा मृत्युको संख्या १०१६ जनाको ज्यान गयो ।

फेब्रुअरी १२ सम्म योकोहामामा डक रहेको हीरा राजकुमारी क्रूज जहाजमा १७५ जना संक्रमित रहेको जापानी स्वास्थ्य मन्त्रालयले जनायो ।

चीनको मुख्य भूभागमा मर्नेको संख्या १,११३ पुग्यो ४६ हजार ५३३ मा संक्रमण भएको रेकर्ड गरियो ।

फेब्रुअरी १३ मा उत्तर कोरियाले सबै विदेशी आगन्तुकहरु र कोभिड १ संक्रमित सम्भावितहरुलाई एक महिना लामो क्वारेन्टाइनमा राख्न सुरु गर्‍यो ।

यो दिनसम्म चीनमा मर्नेको संख्या करीव १३०० जना पुगे भने ६०००० मा संक्रमण देखियो । यसैबीच, जापानले भाइरसबाट यसको पहिलो मृत्युको पुष्टि गर्‍यो।

फेब्रुअरी १४ मा इजिप्ट र अफ्रिकामा पहिलो पटक संक्रमण भेटियो । फ्रान्समा पनि भाइरसबाट पहिलो मृत्यु भएको खबर आयो । एकैदिन चीनले १२१ भन्दा बढी व्यक्तिको मृत्यु भएको खबर सुनायो ।

फेब्बु्रअरी १५ मा चीनमा १५०० भन्दा बढीको मृत्यु भएको थियो । थप ६६४९२ जनामा थप संक्रमण भएको पुष्टि भयो । अन्त काहीँ पनि अमेरिकाले आफ्ना नागरिकहरूलाई जापानी डकमा क्वेरन्टेन गरिएको क्रुज जहाजबाट निकाल्ने तयारी गर्‍यो।

फेब्रुअरी १६ मा, ताइवानले आफ्नो देशमा पहिलो मृत्युको समाचार सुनायो ।

त्यसको ठिक १५ दिन पछि मार्च २ सम्म साउदी अरेबियामा समेत यसको संक्रमण फैलिएको थियो । सोही दिन नै ट्युनिसिया र जोर्डनले पनि यसको पहिलो घटनाबारे रिपोर्ट सार्वजनिक गर्‍यो।

३ मार्चमा इटालीले ७७ जनाको ज्यान गएको बतायो ।

मार्च ७ सम्म आइपुग्दा कोरोनाभाइरसले लगभग ३५०० जनाको ज्यान गइसकेको थियो । ९० मुलुकमा १ लाख २ हजारभन्दा धेरैमा संक्रमण फैलिएको थियो । चीनको स्वास्थ्य आयोगले सोही दिन मात्रै ९९ जनामा नयाँ संक्रमण भएको बतायो । यही दिनसम्म इकरानमा ४७४७ जनामा संक्रमण भएकोमा १२४ जनाको ज्यान गयो ।

मार्च ८ मा, साउदी अधिकारीहरूले छिटो फैलाउने भाइरसबाछ बच्नको लागि पूर्वी क्षेत्रको सबै आवागमन बन्द गरे। रियादले यो पनि भने कि यसले सोमबारदेखि अर्को सूचना नभएसम्म देशका सबै स्कूल र विश्वविद्यालयहरू स्थगित गर्‍यो।

मार्च ९ मा इरानले करीव ७०,००० कैदीहरूलाई रिहा गर्‍यो।

जर्मनीले कम्तिमा १,१०० जनामा कोरोना संक्रमण हुँदा दुई जनाको मृत्युको खबर आयो ।

मार्च १० मा, इरान र इटाली दुबैमा एकै दिन सबैभन्दा बढी मृत्यु हुनेहरूको संख्या रेकर्ड गरियो। इरानमा २४ घण्टाको अवधिमा जम्मा ५४ जनाको मृत्यु भयो भने इटालीमा कोरोनाभाइरसबाट १६८ जनाको ज्यान गयो ।

मार्च ११ मा डब्ल्यूएचओले कोरोनाभाइरसलाई महामारीको रुपमा घोषणा र्गयो । किनभने टर्की, आइभरी कोस्ट, होन्डुरास र बोलिभियाले आफ्नो पहिलो कोरोनाको घटना पुष्टि गर्‍यो।

मार्च १२ मा, विश्वव्यापी मृत्युको संख्या ४६०० लाई पार गरी संक्रमणको साथ १२६१०० घटना भन्दा बढी भयो । चीनले १५ नयाँ घटनाको रिपोर्ट सार्वजनिक गर्‍यो।

मार्च १५ मा, स्पेनले पछिल्लो २ घण्टा करिब २,००० नयाँ कोरोनाभाइरस र १०० भन्दा बढीको मृत्यु भएको रिपोर्ट आयो । नयाँ तथ्यांकले स्पेनमा कोभिड १९ बाट मा मर्नेहरुको संख्या २८८ बढेको छ । काजाकिस्तान, फिलिपिन र अस्ट्रियामा कोरोनाभाइरस प्रकोप रोक्न कडा प्रतिबन्धको घोषणा गरे।

मार्च १६ मा, न्यु योर्कका मेयर बिल डी ब्लासियोले शहरको बार, थिएटर र सिनेमाघर बन्द गर्न आदेश दिए । किनभने अमेरिकामा घटनाहरूको संख्या बढ्दो छ। खाडी क्षेत्रमा बहारिनमा कोरोनाभाइरसको कारण पहिलो मृत्यु बाहिर आयो । अफ्रिकातिर सोमालियामा नयाँ कोरोनाभाइरसको पहिलो केस आयो ।

मार्च १७ इटालीमा २० घण्टामा कूल ३४५ नयाँ कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको पहिचान गर्‍यो।

मार्च १८ मा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पहिलो पटक देश “मानव जैविक सुरक्षा आपतकाल“ घोषणा गरे।

मार्च १९ मा इटालीले सबैभन्दा बढी कोरोनाभाइरस सम्बन्धी मृत्यु हुने मुलुकको रूपमा चीनलाई पछाडि पार्यो । त्यो दिनसम्म चीनमा ३२४५ जनाको ज्यान गएको थियो भने इटालीमा ३४०५ जना कोरोनाका कारण मरे । अघिल्लो दिनदेखि स्पेनमा मृत्यु हुनेहरूको संख्यामा भारी बृद्धि हुँदै थियो ।

मार्च २० मा, कोरोनाभाइरस सम्बन्धी मृत्यु विश्वव्यापी रूपमा ११,३८७ भन्दा बढी पुग्यो । मार्च २१ मा कूल कोरोनाका कारण मर्नेको संख्या १३०१३ जना पुग्यो भने मार्च २२मा यो संख्या १४६४७ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment