+
+
Shares

सेलपे सेवामा रकम स्थानान्तरण निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १७:५२

१० चैत, काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.को सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी रकम ट्रान्सफर निःशुल्क गरेको छ । सेलपेले वैशाख १८ सम्मका लागि रकम स्थानान्तरण सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्नका लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएकाले सेलपेका ग्राहकहरूले सेलपे एप्पबाट घरमै बसिसरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरूका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था मिलाइएको सेलपेले जनाएको छ ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनिट्रान्सफरलगायत वास्तविक समयमा गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?