Comments Add Comment

महान्यायाधिवक्ता र पूर्वसञ्चारमन्त्रीको एक महिनाको तलब कोषमा

१० चैत,काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेल र पूर्वसूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले एक महिनाको तलब सरकारलेे स्थापना गरेको कोरोनाविरुद्धको केन्द्रीय राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

महान्यायधिवक्ता खरेलले अनलाइनखबरसँग कुरा गर्दै कोषमा एक महिनाको तलब बुझाउने निर्णय गरेको बताए । खरेलले हिरासतहरुमा भीडभाड हुन नदिन सामान्य मुद्दाका अभियुक्तहरुलाई साधारण तारेख, हाजिरी जमानीमा छाड्ने गरि व्यवस्था गरिएको बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक महिनाको तलब कोषमा जम्मा गर्ने जानकारी दिँदै भनेका छन्-जसले जसरी लिउन् त्यो उनको आग्रह वा बुझाइको सिमाभित्रको विषय हो । तर मेरो एक महिनाको तलब कोरोनाविरुद्धको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment