+
+
Shares

प्रदेशसभा सदस्य रावल धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते ८:०१

११ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका बलात्कार आरोपित सांसद् अक्कलबहादुर रावललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, कैलालीले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले सांसद् रावललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

धरौटीमा रिहा गर्ने अदालतको आदेशसँगै रावल सोमबार नै धरौटी बुझाएर छुटेका छन् ।

रावलविरुद्ध धनगढीकी एक महिलामाथि बलात्कार प्रयास गरेको अभियोग लागेको छ । प्रहरीमा गत फागुन १५ गते उजुरी परेपछि उनले २१ फागुनमा आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?