+
+
Shares

बिहे अघि र पछि प्रियंकाले के फरक पाइन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १९:२१

नायिका प्रियंका कार्कीले करिब एक महिना अगाडि नायक आयुष्मान देशराज जोशीसँग बिहे गरिन । तर, बिहे लगतै विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण प्रियंका र आयुष्मानले हनिमुनका लागि नयाँ स्थानमा समेत जान पाएका छैनन । अहिले उनीहरु भैसेपाटीस्थित निवासमा बसिरहेका छन ।

हुनत, नायिका कार्कीका लागि आयुष्मानसँगको यो पल नै बिशेष छ । उनले, आफुहरुको हनिमुन घरमै भनेर शुभचिन्तकलाई जवाफ पनि दिएकी छिन ।

एक शुभचिन्तकले उनलाई बिहे अघि र बिहे पछि के फरक पाउनु भयो भनेर सोधेका छन । जसमा उनले लेखेकी छिन–‘म अहिले आयुष्मानको साथमा नै घरमा बसिरहेको छु । मेरा लागि यो नै सबैथोक हो ।’

प्रियंकाको यो जवाफले पनि उनले आयुष्मानको साथलाई कसरी लिएकी छन भनेर वुझन सकिन्छ ।

फागुण १५ र १६ गते बिहे गरेका यी दुइले अहिले एक अर्कालाई समय दिएको जनाएका छन । प्रियंकाले कहिले आफुले आयुष्मानलाई खाना बनाएर खुवाउने त कहिले आयुष्मानले आफुलाई खाना बनाएर खुवाउने पनि उल्लेख गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?