Comments Add Comment

टाइगरको चिन्ता: घरको खाना खाएर मोटाउने भएँ’

कोरोनाको त्रासका कारण बलिउड पनि सुनसान छ । हलहरु बन्द भएका छन्, छायांकन रोकिएको छ । कलाकारहरु सेल्फ क्वरेन्टाइनमा बस्दै आएका छन् ।

टाइगरले अहिले आफ्नो परिवारलाई समय दिएका छन् । आफ्नो आमा-बुबा र बहिनीसँग उनले समय बिताइरहेका छन् । तर, टाइगरको मन पूर्ण रुपमा खुसी भने छैन । एक बलिउड मिडियामा अन्तरवार्ता दिदाँ उनले आफू आधा मात्रै खुसी भएको बोलेका छन् ।

‘किन आधा मात्रै खुसी ?’ टाइगरलाई प्रश्न गरियो । उत्तरमा उनले भने, ‘अहिले मेरो काम भनेको खाने र सुत्ने मात्र भएको छ । खाने र सुत्नेमात्र कामले म मोटाइरहेको छु । त्यसको चिन्ताले म खुसी हुन सकेको छैन ।’

घरमा पाकेको खानेकुरामा केही नबारेको टाइगरले बताए । उनले भने, ‘म त घरमा जे पकाएर दिनुभएको हुन्छ त्यहीँ खाइरहेको छु । त्यसैले पनि मलाई चिन्ता बढिरहेको छ ।’ टाइगर घरमा सामन्य वर्क-आउट भने गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment