Comments Add Comment

नगरकोटका होटललाई क्वारेन्टाइनस्थल बनाउने तयारी

१२ चैत, काठमाडौं । सरकारले नगरकोटका होटललाई क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईसहितको टोलीले बुधबार विहान नगरकोटका होटल व्यवसायीसँग छलफल गरेका थिए । त्यहाँका होटलमा दुई हजार वटा कोठा छन् ।

यदि कोरोना भाइरसको संक्रमण कुनै वस्तीमा देखियो भने संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने नगरकोट उपयुक्त हुनसक्ने सरकारको बुझाइ छ ।

छलफलमा व्यवसायीले पनि क्वारेन्टाइनस्थल बनाउन सहयोग गर्ने बचन दिएका छन् ।

होटलको अनुगमन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनेको छ । यो समितिलाई क्वारेन्टाइनस्थल बनाउन लाग्ने स्रोत साधनबारे जानकारी गराउन भनिएको छ ।

सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा समिति बनाएको छ । यो समितिले काठमाडौंमा ५ हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ ।

यस्तै मन्त्री भट्टराई नेतृत्वको टोलीले दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ ।

त्यहाँ दुई सय वटा आइसोलेसन वेड बनाउन सकिने देखिएको छ । तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरणहरु चाहिने अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment