Comments Add Comment

सप्तरीमा कोरोना भगाउने भन्दै पूजापाठ

१२ चैत, सप्तरी । कोरोना भाइरसलाई भगाउन पूजापाठ तथा देवता खेलाउने क्रम सप्तरीमा बढेको छ । बुधबार मात्रै जिल्लाका दुई स्थानीय तहमा भिड जम्मा गरेर पूजापाठ गरिएको छ ।

जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडानम्बर ५ स्थित दुईवटा मन्दिरमा पूजापाठ गरेको पाइएको छ ।कोरोना भाइरसबाट बच्न भन्दै यो वडाको २ वटा भगवती मन्दिरमा सयौंको संख्यामा जम्मा भएर देउता खेलाइएको स्थानीय मनोज मेहताले बताए ।

उनका अनुसार एउटा मन्दिरमा एकजना पुरुष र अर्काे मन्दिरमा एकजना महिलामा देउता आएको विश्वासमा सयौं व्यक्ति जम्मा भएका थिए ।

सरकारले लक डाउन गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको अवस्थामा यत्रो भिड जम्मा भएपछि प्रहरीलाई बोलाएर खाली गराइएको मेहताको भनाइ छ ।

मेहताले देउता आएका व्यक्तिलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि अन्य व्यक्तिहरु स्वतःस्फूर्त आ-आफ्नो घर गएको बताए ।

यस्तै, जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा कोरोना भाग्ने अपेक्षामा महिलाहरु एकै ठाउँमा भेला भइ पूजापाठ गरेका छन् ।

गाउँपालिकाको वडानम्बर २ इटहर्बामा भिडकाबीच स्थानीयहरुले दिहबार थान मन्दिरमा पूजापाठ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment