Comments Add Comment

गर्भमा रहेको शिशुलाई कोरोनाको जोखिमबाट कसरी बचाउने ?

कोरोना भाइरसको संक्रमणका कारण नेपालसहित विश्वका अधिकांश देशहरु यतिबेला प्रभावित भएका छन् । गंगलबारदेखि सरकारले नेपालमा पनि लक डाउनको घोषणा गरेर अत्यावश्यक बाहेक  घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

विश्वशक्ति राष्ट्रहरु समेत यतिबेला कोरोना विरुद्धको उपचारको खोजीमा छ । केही महिलाहरुलाई चीनले प्रि–म्याचोर अर्थात नौ महिनाभन्दा पहिला नै सुत्केरी गराएको समचारसागै कोरोनाको सम्भावित जोखिमबाट कम गर्नको लागि हो या अरु कारणले यस्तो गराइएको हो ? भन्ने कुरा बहसमा आएको छ ।

कोरोना भाइरसको संक्रमणको क्रममा गर्भवती महिलाहरु पनि आफू र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि चिन्तित छन् । धेरैको जिज्ञासा हुनसक्छ कि गर्भवती महिलाहरुलाई कोरोना भाइरस संक्रमणको खतरा कति छ ? र त्यसबाट बच्नका लागि उनीहरुले के गर्नुपर्छ ?

वास्तवमा कोरोनाको उपचारको खोजी अहिलेसम्म पूरा नभएकै कारणले पनि यसले विश्वभरी नै त्रास बढाएको हो । अहिलेसम्म कोरोनाको कारणले भएका मृत्युहरुको तथ्यांकको आधारमा विशेषज्ञहरु कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्ति माथि यसको जोखिम धेरै रहेको बताउने गर्छन् । गर्भवती भएको बेला महिलाहरुको रोग प्रतिरक्षा प्रणालीमा कमी आउने गर्छ । रोगहरुसाग लड्ने उनीहरुको क्षमतामा कमी आउाछ । त्यस्तो बेला सामान्य भाइरल संक्रमण हुने खतरा समेत धेरै हुने गर्छ ।

कोरोना संक्रमणका लक्षणहरु गर्भवती महिलाहरुमा भिन्न–भिन्न पाइएको छ । तर, ती लक्षणहरु सामान्य मानिसहरुलाई जस्तै हुन्छ । तीब्र गतिले आउने ज्वरो, सुख्खा खोकी, मांशपेशीहरुको दुखाई तथा थकान कोरोना भाइरस संक्रमणका प्रारम्भिक लक्षणहरु हुन् । जबकि टाउको दुख्ने, डाइरिया हुने तथा खोक्दा रगत आउने समस्याले समेत केही हदसम्म यसलाई संकेत गर्ने गर्छ ।

चिकित्सकहरुका अनुसार स्वस्थ व्यक्तिहरुको तुलनामा गर्भवती महिलाहरुलाई पनि कोरोना भाइरसले तुलनात्मक रुपमा कम प्रभावित गर्छ । अहिलसम्म यसप्रकारको कुनै रिसर्च सार्वजनिक भएको छैन । जसमा अन्य मानिसहरुको तुलनामा गर्भवती महिलाहरुलाई संक्रमणको बढी खतरा होस् ।

कोरोना संक्रमित गर्भवती महिलाबाट उनका शिशुलाई संक्रमण हुने सम्भावनाको बारेमा कुरा गर्ने हो भने भाइरसको भर्टिकल ट्रान्समिशनका दुई प्रसंग सामुन्ने आएका छन् । त्यसो त के कुरा स्पष्ट भइसकेको छैन भने भाइरसको संक्रमण गर्भमा भएको हो कि शिशु जन्मिसकेपछि । त्यसो त अहिलेसम्म त्यस्तो केश पनि सार्वजनिक भएको छैन । जसमा कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाका शिशुको विकासमा कुनै नकारात्मक प्रभाव परेको होस् ।

केही कुराहरुमा ध्यान दिएर गर्भवती महिलाहरुले स्वयंको तथा आफ्ना जन्मन लागेका शिशुहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्न सक्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट बच्नका लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

—नियमित रुपले हात धुनुपर्छ । हातलाई २० सेकेण्डसम्म राम्ररी धुनुपर्छ ।

—खासगरी अनुहारमा हात लगाउनुभन्दा अघि हात अवश्य धुने गरौं ।

—खाना खानु भन्दाअघि हामी हात धुन्छौं नै, यो अति नै अनिवार्य छ ।

—गर्भावस्थामा घरमा नै बस्नु अति नै अनिवार्य हुन्छ ।

—खासगरी भीडभाड भएको स्थानमा जानबाट जोगिनुपर्छ ।

—वरिपरि कसैले पनि हाछ्युा अथवा खोक्यो भने टिश्युको प्रयोग गर्नुपर्छ ।

—तपाईंलाई हाछ्यूँ आयो भने त्यसै गर्नु र त्यसपछि हात धुनुपर्छ ।

—कोरोनाबाट संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुादैन ।

—बस अथवा अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुादैन ।

—मानिसहरुसाग दुरी बनाएर नै कुराकानी गर्नुपर्छ ।

—पोषणयुक्त डाइट लिनुपर्छ र आफ्नो इम्युन सिस्टमलाई राम्रो बनाइरहनुपर्छ ।

इसबाहेक कुनैपनि प्रकारको रुघा, खोकी तथा ज्वरो आएको जस्तो अनुभव भयो भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment