Comments Add Comment

स्पेनले चीनबाट अत्यावश्वक स्वास्थ्य सामग्री ल्याउने

बार्सिलोना । स्पेनले अत्यावश्वक स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग औपचारिक सम्झौता गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)को महामारी फैलिएपछि स्पेनले ४३२ मिलियन युरो खर्च गरेर अत्यावश्वक स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको हो । बुधबार स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इयाले पत्रकार सम्मेलन गरी चीनसँग भएको सहमतिबारे जानकारी दिएका हुन् ।

कोरोना भाइरस परीक्षण गर्ने किट, मास्क, ग्लोभ, अत्यावश्यक भेन्टिलेटर, सुरक्षात्मक सामग्री तथा उपकरणहरू यसै हप्तादेखि प्राप्त हुने मन्त्री इयाले बताए ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार दिउँसोसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा भएको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन् । हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ का कारण अहिलेसम्म १९ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment